सुदुरपश्चिमलाई एपिएफको १ सय २९ रनको लक्ष्य ( LIVE )

ss
ss
December 22, 12:02

धनगढी ७ पुष\ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार एपिएफ क्लबले सुदुरपश्चिम प्रदेश सामु एक सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङका लागि आएको एपिएफले निर्धारित २० ओभरमा एक सय २८ रनको योगफल तयार पारेको थियो ।
एपिएफका लागि ओपनर इन्दु बर्माले सर्वाधिक ३३ रन जोड्दा राजमती ऐरीले १९, रोमा थापाले १६ र सरिता मगरले १४ रन जोडे ।

सुदुरपश्चिमका लागि रितु कनौजियाले तीन तथा दिपा जोरा र कविता जोशीले समान दुई विकेट लिए ।  समूह ‘बी’ मा सुदुरपश्चिम र एपिएफले समान एक खेल जितेका छन् । प्रदेश दुई र गण्डकी प्रदेशले भने अंक खाता खोल्न सकेका छैनन् । समूह ‘ए’ बाट प्रदेश एक विजेता र लुम्बिनी प्रदेश उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा