सुदुरपश्चिमलाई एपिएफको १ सय २९ रनको लक्ष्य ( LIVE )
December 22, 12:02
धनगढी ७ पुष\ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार एपिएफ क्लबले सुदुरपश्चिम प्रदेश सामु एक सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर ब्याटिङका लागि आएको एपिएफले निर्धारित २० ओभरमा एक सय २८ रनको योगफल तयार पारेको थियो ।
एपिएफका लागि ओपनर इन्दु बर्माले सर्वाधिक ३३ रन जोड्दा राजमती ऐरीले १९, रोमा थापाले १६ र सरिता मगरले १४ रन जोडे ।
सुदुरपश्चिमका लागि रितु कनौजियाले तीन तथा दिपा जोरा र कविता जोशीले समान दुई विकेट लिए । समूह ‘बी’ मा सुदुरपश्चिम र एपिएफले समान एक खेल जितेका छन् । प्रदेश दुई र गण्डकी प्रदेशले भने अंक खाता खोल्न सकेका छैनन् । समूह ‘ए’ बाट प्रदेश एक विजेता र लुम्बिनी प्रदेश उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 21, 12:58
February 02, 7:01
March 09, 5:56
June 08, 11:43
सम्बन्धित वर्गका समाचारहरू
February 19, 6:21
धनगढी । श्री कलेज मेनेजमेन्ट धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा