निजि बनलाई कृषि बन पद्धतिमा लैजान पुनर्वासमा एक दिने अन्तरक्रिया

एक
एक
December 28, 12:17

हरिलाल जोशी
पुनर्वास  –  कंचनपुरको पुनर्वासमा निजि तथा सामुदायिक बन प्रवर्द्धन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार पुनर्वास नगरपालिका(६ स्थित पुनर्वास न्यु सम्राट रेष्टुरेण्टको सभाहलमा डिभिजन वन कार्यालय कञ्चनपुरको आयोजनामा एक दिने निजि तथा सामुदायिक वन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला बन कार्यालय कंचनपुरका बन अधिकृत शम्भुप्रसाद तिवारीको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रमको विशिष्ट आतिथ्य बेलौरी नगरपालिकाकी उपप्रमुख चित्राकुमारी चौधरी र पुनर्वास नगरपालिकाकी उपप्रमुख शारदा बिष्टको रहेको थियो । त्यस्तै उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष कृष्ण तामाङ लगायतका व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्नुहुदै नगर प्रमुख थापाले नगरपालिकाले स्वच्छ वातावरण र हराभरा नगरपालिकाको परिकल्पनाका लागि प्रति घर पाँच बिरुवा रोप्ने अभियान शुरु गरेपनि सफल हुन नसकेको बताउनुभयो ।
“रुख रोप्ने मात्रै हैन, त्यसको संरक्षण गर्न आवश्यक छ ।” उहाँले भन्नुभयो “कृषि बन एउटै भएका कारण कृषिको बजेट पनि बन प्रवर्द्धनमा लगाउछौ ।”
बन अधिकृत शम्भु तिवारीले जिल्लामै सबैभन्दा बढी निजि बन पुनर्वास बेलौरीमा भएको हुँदा यस क्षेत्रलाई निजि बनको पकेट क्षेत्र घोषणा गर्ने बताउनुभयो ।
निजि बन संरक्षणले व्यक्तिको आर्थिक पक्ष मात्रै सुधार नभई यसले पूरै वातावरणीय पक्षलाई नै ठूलो फाईदा पुग्ने उहाँको भनाई छ ।
निजि वनका रूखलाई पनि कटान गरी बिक्री गर्नु परेमा बन कार्यालयको सिफारीस अनिवार्य रहेको अधिकृत तिवारीले बताउनुभयो ।
कार्यक्रममा प्रोजेक्टरको माध्यमद्वारा निजि बनबाट हुने फाईदा र संरक्षण गर्नुको उद्देश्यसँगै बनलाई कृषि बन पद्धतितर्फ प्रवर्द्धन गर्ने सम्बन्धमा अन्तरक्रिया गरिएको थियो ।
केही निजि बनहरु दर्ता प्रक्रियामा रहेपनि बेलौरी(पुनर्वासमा सय भन्दा बढी बनहरु दर्ता भइसकेको सब डिभिजन बन कार्यालय कुण्डाका सहायक बन अधिकृत दिनेश यादवले जानकारी दिनुभयो ।
कार्यक्रममा बिभिन्न सामुदायिक बन तथा निजि बनका प्रतिनिधि र जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन सब डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेशकुमार यादवले गर्नुभएको थियोे ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा