कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ८ को कार्यालयमा तालाबन्दी

news
news
December 28, 5:11

कञ्चनपुर, १३ पुष / कञ्चनपुरको कृष्णपुर नगरपालिका अन्तरगत वडा नम्बर ८ को  कार्यालयमा तालाबन्दी गरिएको छ। निर्माणका लागि टेण्डर समेत भइसकेको विकास बजेट अन्तै सारिएपछि मंगलवार स्थानीयले कार्यालयमा तालाबन्दी गरेका हुन्।

स्थानीय जनप्रतिनिधिले वडाको शान्तिपुर र मजगाइ जोड्न नालामा बन्ने पुलको बजेट भित्रभित्रै अन्तै सार्न खोजेको स्थानीयले बताएका छन्।  वडाध्यक्ष अमरसिंह बडायकले भने विवादको कारण बुझ्न नसकेको बताएका छन्।  

सोही विवाद मिलान भनी गएका वडा सदस्य जयबहादुर भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रक्सी खाएर पुगेका उनीलाई प्रहरीले वडा कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो।  पुल निर्माण गर्न नगरपालिकाले ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा