बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

news
news
December 31, 12:47

कञ्चनपुर,१६ पुस /  बिहीवार राती कञ्चनपुरको बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा परी १९ वर्षीय विमल रानाको उपचारका क्रममा मृत्यु भएको हो ।

बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित रामनगरमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिए ।

उनका अनुसार कृष्णपुर नगरपालिका वडा नम्बर २ बस्ने १९ वर्षीय विमल रानाले चलाएको सु प प्र ०१–००९ प ३७२६ नम्बरको मोटरसाइकल र बेलौरी नगरपालिका वडा नम्बर ४ शान्तिपुर बस्ने ३० वर्षीय हेमलाल चापागाईँले चलाएको से ३ प २४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी हेमलाल चापागाईँ १८ वर्षीय सञ्जय राना, १८ वर्षीय मुकेश राना, १६ वर्षीय सन्तोष राना घाइते भएका छन् । घाइते चारै जनाको बेलौरी स्थित ईशान मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हेमलाल चापागाईँको थप उपचारका लागि धनगढी ल्याइएको छ । दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक खड्काले बताए ।  

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा