भारतबाट आएका बाजुराका बजिर बुढाको कोरोनो संक्रमणबाट मृत्यु

news
news
January 16, 5:54

धनगढी, २ माघ/कोरोनाको तेस्रो लहर फैलिएसंगै बाजुरामा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका २ जयवागेश्वरीका ५२ वर्षीय बजिर बुढा रहेको वडाध्यक्ष मिनबहादुर शाहीले जानकारी दिएका छन् ।

उनका अनुसार भारतमा उपचारमा गएका बुढा गौरीफन्टा नाकामा चेक गर्दा संक्रमण देखिएका बुढाको आज मृत्यु भएको वडाध्यक्ष शाहीले बताए ।

उपचारपछि घर फर्किएका बुढा होम आइसोलेसनमा रहेका बेला मृत्यु भएको हो । मृतक बुढाको स्थानीयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर दाहसंस्कार गरेको वडाध्यक्ष शाहीको भनाई रहेको छ ।बुढाको मृत्यु भएको दुर्गा भञ्जन गुल्मलाइ खवर गरेको भएपनि आउन सम्भव नभएकाले सेनाको सुझाव अनुसार स्थानीयले शव व्यवस्थापन गरेको वडाध्यक्ष शाही बताउँछन् ।

मृतक बुढासंग आएका आफन्त होमआईसोलेसनमा बसेका छन् । बाजुरामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा वृद्धि हुदै गएको छ । हाल जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको छ ।तिमध्ये बडीमालिका नगरपालिकामा ८ जना,बुढीगंगामा १ जना र बुढीनन्दा नगरपालिकामा २ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयल बाजुराले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा