राष्ट्रिय जनमोर्चा सुदूरपश्चिमको अध्यक्षमा भट्ट

पत्रकार सम्मेलनमा  बोल्दै अध्यक्ष भट्ट
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्ट
February 21, 6:29

धनगढी,९ फागुन /राष्ट्रिय जनमोर्चा सुदूरपश्चिमले प्रदेश कमिटी गठन गरिएको छ। धनगढीमा शनिवार सम्पन्न पार्टीको प्रथम प्रदेश सम्मेलनबाट प्रदेश कमिटी गठन गरिएको हो ।

जनमोर्चा सुदूरपश्चिमले नन्दराम भट्टको नेतृत्वमा २५ सदस्यीय कमिटी चयन गरिएको पार्टीले धनगढीमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो ।

जसको उपाध्यक्षमा बेणिमाधब जोशी,सचिवमा राजाराम चौधरी,कोषाध्यक्षमा शेर बहादुर बिक र सहसचिवमा रामबहादुर कार्की चयन भएका छन् ।

यस्तै सदस्यमा मञ्जु परियार,जनक कुँवर,खडकबहादुर राना,कल्पना भण्डारी,दयाराम सन्ज्याल,डवल बोगटी,जगत प्रसाद जोशी,कुन्ति पाण्डे,अहिमान थापा,चन्द्रदेव विक,वीरेन्द्र भण्डारी, रमा नेपाली,मानबहादुर खड्का,अन्जना मास्के,मानवीर दमाई र मेनुका खड्का चयन भएका छन् भने सदस्यको चार स्थान अहिले रिक्त राखिएको छ ।

निर्वाचन सम्बन्धी  नियम र कार्यविधि हाउस समक्ष प्रस्तुत गरी पारित भएपछि सो रिक्त पदमा पदपूर्ति गर्ने पार्टीले जनाएको छ ।

यस्तै सोही प्रदेश सम्मेलनबाट ८ सदस्यीय प्रदेश सल्लाकार चयन गरिएको छ । जसमा कैलालीबाट शङ्कर सोब,राजबहादुर शाही, डोटीबाट गोपाल खड्का,रमेह अवस्थी, कञ्चनपुरबाट लहानु चौधरी,जयबहादुर मल्ल,केशव सुवेदी र दार्चुलाबाट बिर्खराज पन्त चयन भएका छन् ।

यस्तै पार्टीको प्रथम प्रदेश सम्मेलनबाट गणतन्त्र,राष्ट्रियताको रक्षा गर्ने,संघियता खारेज गर्ने,कालापानी क्षेत्रमा भारतीय सेना फिर्ता गर्नुपर्ने, एमसीसी खारेज हुनुपर्ने,भारतीय पक्षबाट महाकाली नदीमा तुईनकाटी हत्या गरिएका जयसिंह धामकिा हत्यारालाई कारबाही हुनुपर्ने र उनको परिवारलाई क्षतीपुर्ति पाउर्नुपर्ने लगायतका प्रस्तावहरू समेत पारित गरेको राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराम भट्टले जानकारी दिए ।   

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा