काँग्रेस कैलाली महाधिवेशन , अझै मतणना हुन सकेन

पार्टी कार्यालयमा देखिएको भिडभाड
पार्टी कार्यालयमा देखिएको भिडभाड
February 28, 12:28

धनगढी, १६ फागुन/ नेपाली काँग्रेस कैलालीको मतगणना अझै सुरु हुन सकेको छैन । आईतबार साँझ सकिएको मतदान मतगणना आईतबार १० बजे सुरु हुने भनेतापनि साढे १२ बजे सम्म पनि सुरु हुन सकेको छैन । पहिले सभापतिको मतगणना सुरु छ ।

तिनै पक्षले आफ्नै आडानमा अडिक रहेकाले सहमति हुन नसकेपछि मतगणना प्रकृया अगाडी बढेको छैन । सभापतिका उम्मेदबार नारायणदत्त भट्ट र प्रकाश बमले आफ्नो अडानमा पछि नहटेका कारण प्रकृया अगाडी नबढेको निर्बाचन समितिले जनाएको छ ।

भट्टले मतदान भएकै प्रक्रिया अनुसार निर्वाचन क्षेत्र अनुसारकै मतपेटिकाको मतपत्र गणना गर्नुपर्ने माग राखेका छन् भने बमले सबै मतपेटिकालाई मिसायर गणना गर्नुपर्ने अडानमा सहमति हुन सकेपछि प्रकृया अगाडी नबढेको हो । मतदान आईतबार साँझ सकिएपछि निर्वाचन समितिले सोमबार बिहान १० बजेबाट मतगणना सुरु हुने भनेर सुचना जारी गरेको थियो । मतदाताहरु भने मतगण्ना कति बेला सुरु हुन्छ भने नेपाली काँग्रेस कैलाली पार्टी कार्यालय परिसरमा भिडिभाड लागेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा