मुम्बईमा एक दशकयताकै सर्वाधिक वर्षा, बाढी पहिरोको कारण ४० जनाको मृत्यु

Mumbai Rain
Mumbai Rain
July 02, 6:42

मुम्बई : भारतको मुम्बईमा एक दशक यताकै धेरै वर्षा हुँदा विभिन्न स्थानहरुमा बाढी पहिरो गएको छ। वर्षाका कारण पर्खाल र रुखहरु ढलेको, गाडीहरु अनियन्त्रित हुँदा दुर्घटनामा परेको जस्ता घटनाहरुमा परि  ४० जनाको मृत्यु भएको बताइएको छ।

मुम्बईमा गएको ४८ घण्टामा मात्रै एक दशक यता कै धेरै वर्षा रेकर्ड भएको बताइएको छ।

वर्षाका कारण उत्पन्न उपस्थितिका कारण महाराष्ट्र सरकारले आज सार्वजनिक विदा दिएको छ भने मानिसहरुलाई आगामी दुई दिन सम्म घरमै रहन सुझाव दिइएको छ। मौसम हेरेर विदाको समय बढाउन सकिने बताइएको छ।

वर्षाका कारण सडक, हवाई र रेल सेवाहरु बन्द भएको छ भने कतिपय स्थानहरु डुबानमा परेका छन्।

राज्य सरकारले उद्धार कार्यलाई प्राथमिक्ता दिएको जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा