पत्रकार महासङ्घ डोटीको उपाध्यक्षबाट रावलले दिइन् राजीनामा

April 26, 9:59

डोटी १३ बैशाख । नेपाल पत्रकार महासङ्घ डोटी शाखाको उपाध्यक्ष पदबाट सुनिता रावल जोराले राजीनामा दिएकी छन् । उनले शिखर नगरपालिकाको नगर उपप्रमुख पदको लागि उम्मेदवारी दिएपछि उपाध्यक्ष पदबाट राजीनामा दिएकी हुन् । 
उनले दिएको राजीनामा पत्रमा लेखिएको छ ,‘ पदमा रहेर श्रमजीवी पत्रकारहरूको हक अधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि जिम्मेवारी निर्वाह गर्दै आएकोमा नगर उप प्रमुख पदको लागि उम्मेदवारी दिएको हुँदा पत्रकार आचारसंहिताको मर्मलाई मध्यनजर गदै सो पदबाट यो राजीनामा पत्र पेश गरेकी छु ।’ 
त्यस्तै रावलले विगत लामो समय देखि काम गर्दै आएकी सरकारी सञ्चार माध्यम रेडियो नेपाल सुदूर पश्चिम प्रदेश प्रसारण केन्द्र दिपायलबाट कार्यक्रम सञ्चालक तथा उद्घोषक पदबाट पनि राजीनामा दिएकी हुन् । 
उनले भनिन्,‘मैले नेपाली कांग्रेसवाट नगर उप -प्रमुखमा टिकट पाउने बित्तिकै राजीनामा दिएकी हुँ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि सधैँ लडिरहने प्रतिबद्धता जनाइन् ।’

Rajina

 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा