बैतडीमा बस दुर्घटना : २१ घाइते, ७ जनाको अवस्था गम्भीर

Accident
Accident
September 28, 1:11

धनगढी, असोज ११ - बैतडी पाटनबजार नजिकमा शनिबार बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भिर रहेको छ ।

घाइते हुनेमा कञ्चनपुरको भिमदत्त नगरपालिकाका ३३ बर्षीया सितादेवी चन्द, ६६ बर्षीय किसन दयाल, १२ बर्षीय साजन दयाल, १५ बर्षीय नरेस सेरला, ३१ बर्षीया दिवानी ओड रहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

1

यस्तै बसका सह–चालक डडेल्धुराका २७ बर्षीय केशव साँउद र ५५ बर्षीय भारतीय नागरिक जगत सिंह चौहान पनि घाइते भएका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायव निरीक्षक वीरभद्र खडायतले जानकारी दिए। गम्भीर घाइते सातै जनालाई जिल्ला बाहिर रेफरको गरिएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको छ ।

महेन्द्रनगरवाट मेलौलीका लागि छुटेको ना. ४ ख.४०१९ नम्बरको बस पाटन–मेलौली सडकखण्डको पाटन नगरपालिका– ६ लोर्खामा शनिवार बिहान ३ बजे दुर्घटनामा परेको हो ।

बसका चालक फरार रहेका छन् ।सडकमा रहेका खाल्डाखुल्डीका कारण बसलाई छेउवाट चलाउन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसमा ३० जना यात्रु सवार रहेका थिए । बस सडकभन्दा १० मिटर तल धानखेतमा खसेको छ ।

2

युनिटी खबरबाट

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा