निष्ट एलपिएलको उपाधिका लागि लिटल फ्लावर र हिमालयन वाईट हाउस भिड्ने

LPL 4
LPL 4
November 11, 6:36

धनगढी,

कार्तिक २५ - 
धनगढी जारीमा निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरणको उपाधिका लागि लिटल फ्लावर स्कुल र हिमालयले वाईट हाउस भिड्ने भएका छन् । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा सोमवार भएका सेमिफाईनलमा जित हात पार्दै दुवै टीम उपाधिका लागि भिड्न लागेका हुन् ।

पहिलो सेमीफाईनलमा लिटल फ्लावरले नोवेल एकेडेमीलाई ३ विकेट हरायो भने दोस्रो सेमिफाईनलमा हिमालय वाईट हाउसले शारदा विद्या निकेतनलाई २२ रनले किनारा लगायो । 
सोमवारको पहिलो सेमिफाईनलमा टस जितेर पहिले व्याटिंङ गर्दै नोवेलले १५ दशमलव १ ओभरमा सवै विकेट गुमाउँदै ५४ रनको झिनो योगफल खडा ग¥यो । सो पारीमा कुनै पनि व्याट्सम्यानले दोहोरो रन अंक बनाउन सकेनन् ।

सो पारीमा सवैभन्दा वढी १९ रन अतिरिक्त पाईएको थियो । नोवेलको पारीलाई धरायसी बनाउने क्रममा लिटल फ्लावरका दिपक रोकायले सर्वाधिक ५ विकेट लिए । त्यस्तै किशोर सिंहको नाममा दुई विकेट रह्यो । ५५ रनको सामान्य पुरा गर्नका लागि लिटल फ्लावरलाई मुस्किल भयो । उसले १२ दशमलव ५ ओभरमा ७ विकेट गुमाएर विजय लक्ष्य पुरा ग¥यो । लिटलका लागि अनिल थापाले १३ रन र विपिन रावलले ११ रन बनाए । नोवेलका लागि अर्जुन सावदले दुई विकेट लिए । खेलमा ५ विकेट लिएका दिपक रोकाया म्यान अफ द म्याच हिमालयनका गजेन्द्र बोहरा भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।
 

सोमवार भएको दोस्रो सेमिफाईनलमा हिमालय वाईट हाउस र शारदा विद्या निमेतज वीचको खेलमा टस जितेर पहिले व्याटिङ गर्दै हिमालयन वाईट हाउसले १९ दशमलव ५ ओभरमा सवै विकेट गुमाएर एक सय ९ रन बनायो । सो पारीमा सुमित श्रेष्ठले २३ रन र विवेक वुढाथोकीले १६ रन बनाए । शारदाका लागि अर्जुन सावद र नरेन्द्र सावदले दुई विकेट लिए ।

एक सय १० रनको लक्ष्य पछ्याएको शारदाले निर्धारित २० ओभरमा दवै विकृटे गुमाउँदै २५ रन बनाए । अनिल थापाले १३ रन र विपिन रावलले ११ रन बनाए । अरुले दोहोरो रन अंक बनाउन सकेनन् । हिमालयका लागि विक्रम ठगुन्ना, नारायण जोशी र आरियो पौडेलले दुई विकेट लिए । खेलमा दुई विकेट लिएका आरिायो पौडेले रोकाया म्यान अफ द म्याच हिमालयनका

आरियो पौडे भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।
प्रतियोगिताको फाईनल कार्तिक २६ गते वुधवार हुने छ ।  देशभरका १२ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ र हरेक खेलका म्यान अफ द म्याचले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्म अध्ययनरत खेलाडीहरू मध्ये उत्कृष्ट छनोट गरेर एक दिवसीय प्रतियोगिता सञ्चालन गर्ने पनि आयोजक संस्कार क्रिकेट एकेडेमीले जनाएको छ।

विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत चार वर्षदेखि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको प्रतियोगिताका प्रवन्ध निर्देशक कलेन्द्र शाहीले बता बताउनुभयो । 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा