राष्ट्रिय
February 28, 11:59
काठमाडौं १६ फागुन / नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा शंकास्पद वस्तु भेटिएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु भेटिए जानकारी दिए ।
शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीलाई खबरलाई गरेको एसपी मैनालीले… विस्तृतमा
February 21, 3:04
जनकपुर ९ फागुन / मेला घुम्न लैजाने वहानामा एक व्यक्तिले गर्भवती पत्नीलाई सर्लाहीबाट महोत्तरी पुर्याएर हत्या गरेको खुलेको छ ।
भारत सीतामढीका अजय महतो कोइरीले २७ वर्षीया श्रीमती राधा भनिने अपसना खातुनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।
अपसनाको शव ४ फागुनमा जंगलभित्र फेला परेको थियो । घटनाको अनुसन्धानका क्रममा… विस्तृतमा
February 20, 11:29
काठमाडौं ८ फागुन / अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।
बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी आज संसदमा टेबल हुन दिने निर्णय भएको बताए । ‘आज टेबल हुन्छ । जे हुन्छ, त्यसपछि हुन्छ,’ उनले भने ।
आज दिउँसो १… विस्तृतमा
February 19, 12:27
काठमाण्डौं ७ फागुन / गत नोभेम्बरमा बेलायतको ग्लास्गोमा राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी एउटा महत्त्वपूर्ण बैठकमा सहभागी हुनुअघि जी ट्वान्टी समूहका देशहरूले एउटा अर्को बैठक रोममा गरेका थिए । विश्वका प्रमुख कार्बन उत्सर्जक देशसमेत रहेको उक्त समूहको बैठकको अन्त्यमा सार्वजनिक गरिएको घोषणापत्रमा ऊर्जा सुरक्षाको विषयलाई उल्लेख्य ठाउँ दिइएको थियो ।
‘महामारीबाट निस्कँदै गर्दा जलवायु परिवर्तनलाई… विस्तृतमा
February 17, 12:13
काठमाडौं फागुन / मन्त्रिपरिषदको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा २ बजेपछि बस्ने बैठकले एमसीसी सम्झौता संसदमा लैजाने विषयमा निर्णय गर्नसक्ने बताइएको छ ।
त्यस्तै नियमित बैठक भएकाले विभिन्न मन्त्रालय अन्तर्गतका नियमित कार्यसूचीबारे बैठकले निर्णय लिनेछ । विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्तिलगायतका विषयमा पनि बैठकमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।
February 09, 6:16
काठमाण्डाै / सरकारले आउँदाे वैशाख ३० गते स्थानीय तहको चुनाव गर्दा आफ्नो पाँच वर्षे कार्यकाल घट्ने भन्दै महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले सर्वोच्चमा दिएको निवेदन दरपिठ भएको छ ।
मेयर साहले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा ४ र दफा ५५ अनुसार नगर प्रमुखको पदावधि पाँच वर्ष तोकेको तर सरकारले वैशाखमै चुनाव गर्दा आफ्नो कार्यकाल पूरा नहुने भन्दै पाँच वर्षे कार्यकाल निर्बाध… विस्तृतमा
February 08, 1:42
पीएनएम सफर, कैलाली, २५ माघ -
हाम्रो समाज कहाँ, कहिले र कसरी परिवर्तन भयो, कसैले बुझ्न सकेन । रूढिवादी परम्परा, पुरानै मान्यता, न कहिले परिवर्तन थियो न हुनेछ, एक बुहारीको नजरमा । एक बुहारी जब पराईको घर अँगाल्न पुग्छिन् उसले हजारौँ आफ्ना सपना, इच्छा चाहाना सबै पन्छाउने गर्छिन्, हजारौँ कुरासँग सङ्घर्ष गर्नु पनि यत्तिसम्मकी म यो घरको सदस्य हु भनेर नै सङ्घर्ष गर्नु पर्ने । छोरी हुँदा जति सहज हुन्छ… विस्तृतमा
February 07, 4:12
काठमाण्डौं २४ माघ / पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएसँगै हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिमपात भयो। हिमपातले कहीँ उत्साह छाएको छ भने कहीँ सास्ती खेप्नुपरेको छ।
हिउँ नपर्ने स्थानमा लामो समयपछि हिमपात हुँदा मानिस खुशी हुन्छन् भने हिमपात हुने स्थानमा दिनचर्यामा समस्याका साथै सास्ती बेहोर्न बाध्य छन्। कमै मात्र हिउँ पर्ने स्थानमा हिमपात भएपछि भने आन्तरिक पर्यटकमा खुसी छाएको छ। हिमपात… विस्तृतमा
February 05, 3:12
काठमाण्डाै / निर्वाचन आयोगले चुनावलाई लक्षित गरी मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ । आयोगले आज सूचना प्रकाशित गरेर मतपत्र, लोगो, निर्वाचन चिन्ह तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि दरखास्त मागेको हो ।
निर्वाचनको समयमा आयोगले तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । आवेदन आयोगको कार्यालय वा… विस्तृतमा
February 04, 4:29
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा पत्रकार गोविन्द परियार नियुक्त हुनुभएको छ । प्रधानमन्त्री देउवाले परियारलाई प्रेस प्रमुखमा नियुक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
परियार यसअघि विसं २०७४ मा पनि देउवा प्रधानमन्त्री रहनुभएका बेला प्रेस संयोजक भएर काम गर्नुभएको थियो । गत असारमा पाँच दलीय गठबन्धनको सरकार गठन भएपछिदेखि नै परियारले प्रधानमन्त्री देउवाको प्रेस सहयोगीका… विस्तृतमा
February 02, 11:21
काठमाडौँ,१९ माघ /अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन ।
विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको घाटा न्यूनीकरणमा चुनौती थपिएको प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् । इन्डियन आयल कर्पोरेशन (आइओसी)… विस्तृतमा
February 01, 9:31
काठमाडौँ नेपाल आयल निगमले फेरि पेट्राेलियम पदार्थको मूल्य बढाएको छ । डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ ।अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको साबिक मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ बढाएको हो । ‘भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेर आएको छ ।
नयाँ मूल्य अनुसार काठमाडाैं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय… विस्तृतमा
February 01, 9:27
धनगढी, २८ माघ – देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बुधवार रातीबाट यसको प्रभाव अझ बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। त्यसै गरी प्रदेश नं १, वाग्मती… विस्तृतमा
January 30, 12:00
धनगढी,१६ माघ / नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ ।
पछिल्लो समय जोसुकैलाई सहिद घोषणा गरिएको भन्दै विरोध हुने गरेको छ । कुनै घटना वा दुर्घटनामा परेकालाई पनि सहिद घोषणा गरिँदा देशका लागि जीवन आहूति दिनेको अपमान भएको… विस्तृतमा
January 23, 10:41
चितवन ९ माघ / राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ सर्वेक्षणको काम सकिएको छ । एउटै कम्प्लेक्स बनाएर गणना सुरु गरिएको पर्सा राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा भने यही माघ तेस्रो साता सकिँदै छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेका अनुसार माघको पहिलो साताबाट पर्साको प्रतापपुरबाहेकका बाँकी सबै क्षेत्र, पर्सा, बारा र… विस्तृतमा