पश्चिमी वायुको प्रभाव बढ्ने, फेरी पानी पर्ने सम्भावना 

rain
rain
February 01, 9:27

धनगढी, २८ माघ – देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बुधवार रातीबाट यसको प्रभाव अझ बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ । 

आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। त्यसै गरी प्रदेश नं १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसै गरी राति प्रदेश नं १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने महाशाखाले जनायो । प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा