५० बर्ष देखि बसेको भुमि भारतमा परेपछि कंचनपुरका स्थानीयले तोडफोड गरे सीमा स्तम्भ

sima
sima
March 15, 7:49

कञ्चनपुर,चैत्र २ - कञ्चनपुरमा नेपाल भारत सिमा विवाद झन झन चुलिदै गएको छ । साढे पाँच दशकदेखि बस्दै आएको स्थानीयको जमिन भारतमा पर्न गएपछि सीमा विवाद चुलिदै गएको हो ।
नेपाली भूमिमा सीमा पिल्लर गाडिएको भन्दै आक्रोशित स्थानीयले सिमा पिल्लरमाथि तोडफोड गरेका छन् । कञ्चनपुरको बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा हालै नेपाल भारत संयुक्त सर्वे टोलीले निमार्ण गरेको ७८३/४ नम्बर पिल्लर स्थानियले हतौडा र ढुङ्गा प्रहार गरेर तोडफोड गरेका हुन ।
नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरीप्रसाद बोहराले सरकारी लापरबाहीका कारण नेपाली भूमि भारतमा पार्न खोजिएको आरोप लगाए । उनले सो क्षेत्रको स्थलगत अनुगमनका लागि आफुहरु पुगेको र त्यहाँ पुग्नु अवागै पिल्लरमा तोडफोड भएको बताए ।
सीमा क्षेत्रका नागरिकको आक्रोश स्वभाविक रहेको बताउदै उनले ५ दशकदेखी नेपाली नागरिकले भोगचलन गर्दै आएको जमिन भारतमा पार्न खोजिएकोले यो सरासर सरकारको गैरजिम्मेवारीपूर्ण काम भएको आरोप लगाए । स्थानीयले लालपुर्जाधारी जमिनमा सीमा पिलर परेकाले त्यसको बिरोध गर्दै आएका थिए । स्थानियको विरोधपछि सर्वेको काम पनि रोकिएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा