यौन दुराचारको आरोपमा पक्राउ परेका सुदूरपश्चिमका सांसद रावल ५ लाख धरौटी बुझाएर रिहा

Akkal Rawol
Akkal Rawol
March 23, 6:53


कैलाली - यौन दुराचारको आरोपमा पक्राउ परेका सुदूरपश्चिम प्रदेश सभाका सांसद अक्कल बहादुर रावल ५ लाख धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत कैलालीमा आज भएको थुनछेक बहसमा उनलाई ५ लाख धरौटीमा रिहा गर्ने आदेश भएको हो । 
जिल्ला अदालत कैलालीका श्रेस्तेदार राइभान कुञ्जेडाका अनुसार उनलाई जिल्ला न्यायधिस जयानन्द पनेरुको इजलासले उक्त आदेश दिएको हो । रावल ५ लाख धरौटी बुझाएर रिहा भइसकेका छन् । 
अछाम स्थायी घर भई हाल धनगढी उपमहानगरपालिका वडा नम्बर–४ उत्तरवेहडीमा डेरा गरी बस्ने २५ बर्षिया विवाहित महिलालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा फागुन २१ गते प्रहरीले उनलाइ पक्राउ गरेको थियो ।
रावल विरुद्ध माघ २१ गते जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले फागुन १४ गते प्रहरी समक्ष जाहेरी दिएकी थिइन । 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा