अछामका सङ्क्रमित युवक यस अघि पुष्टि भएका बैतडीका ४ जना आएकै दिन भारतबाट आएका थिए 

Cornan
Cornan
May 24, 4:37

अछाम, जेठ ११ - सुदूरपश्चिम प्रदेशमा पछिल्लो पटक कोरोना पुष्टि भएका अछामका युवक पनि भारतबाट आएको खुलेको छ। सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत उनी अछामको मेल्लेख गाउँपालिका ४ का ३२ वर्षीय पुरुष हुन्।  
उनको जेठ ८ गते गौरिफन्टा नाकाबाट उद्धार गरिएको थियो। यस अघि कोरोना पुष्टि भएका बैतडीका ४ जना समेत सोही दिन गौरिफन्टा नाका हुँदै भारतबाट आएका थिए । 
उनीहरूलाई सीमामा आरडिटी परीक्षणका क्रममा पोजेटिभ देखाएपछि सेती अस्पतालको आइसोलेसनमा राखिएको थियो । पीसीआर जाँचका क्रममा उनdf कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । 
उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यो सँगै प्रदेश भरी सङ्क्रमितको सङ्ख्या १५ पुगेको छ।  

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा