अछाममा एम्बुलेन्स चालकसहित थप ९ जनामा कोरोना संक्रमण, ८ जना एउटै वडाका

Corona
Corona
June 02, 12:44

अछाम, जेठ २० - अछाम जिल्लामा थप ९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।

कर्णाली प्रदेशको सुर्खेतस्थित प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा जिल्लाका थप ९ जनामा कोरोनाको संक्रमण देखीएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दीनुभयो । थपीएका संक्रमित ८ जना मेल्लेख गाउँपालिका र १ जना मंगलसेन नगरपालिकाका हुन् ।

उनीहरु सबै २२ देखी ४० वर्ष उमेर समुहका छन् । स्वास्थ्य कार्यालय प्रमुख  ढुंगानाका अनुसार मेल्लेख गाउँपालिका वडा नम्वर ४ कुष्कोटको क्वारेन्टीनमा बसिरहेका कुस्कोटका २२, २४, २७, २९, ३०, ३५ र ४० बर्षका पुरुष र २७ बर्षिया महिलामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै मंगलसेन नगरपालिका वडा नम्बर ४ का २३ वर्षिय युवकमा पनि कोरोना पोजेटिभ देखीएको छ । उनी एम्बुलेन्स चालक हुन् । 

सुर्खेतको प्रयोगशालामा अछामबाट ३० जनाको स्वाव संकलन गरी परीक्षणका लागि पठाईएकोमा ती मध्ये १० जनाको रीपोर्ट पोजेटीभ देखाएको छ ।

एक जनाको भने सोमबार नै रीपोर्ट आईसकेको थियो । सोमवार पुष्टी भएका अर्का एक जनाको स्वाव परीक्षण भने धनगढीस्थित प्रयोगशाला गरीएको थियो । उनीहरु दुबैजना जिल्लाको चौरपाटी गाउँपालिका २ सोकटका हुन् ।

यो संगै अछाममा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा