डोटीमा २ जना कोरोना संक्रमित डिस्चार्ज, सक्रिय संक्रमितको संख्या १ सय २६ मात्रै
२०७७ भदौ १७गते,बुधबार
चक्र बलायर,डोटी
डोटीमा आज कोरोनाका २ जना संक्रमित डिस्चार्ज भएका छन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज २ जना डिस्चार्ज भएसंगै डोटीमा कोरोनाबाट निको हुनेको संख्या ८ सय २२ पुगेको छ ।जसमध्ये २ सय ७७ महिला र ५ सय ४५ पुरुष रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासिले बताए । मलासिले अब जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय २६ मात्र रहेको जानकारी दिए।
जिल्लामा हाल सम्म ९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु शिखर नगरपालीकामा २ सय ९५, आदर्स गाउपालीकामा १ सय ९७, पुर्बिचौकि गाउपालीकामा १ सय ५७ र दिपायल सिलगढी नगरपालीकामा १ सय २७ रहेका छन । त्यसैगरी सायल गाउपालीकामा ८३, बोगटान फुडसिल गाउपालीकामा २८, जोरायल गाउपालीकामा २७, के.आइसिंह गाउपालीकामा २१ र बडीकेदार गाउपालीकामा हाल सम्म १३ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।