जाँदा जाँदै कुलमानले भने,'लोडसेडिङलाई इतिहासमा विलय गराइदियौं'
काठमाडौँ — विद्युयत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङलाई इतिहासमा विलय गराइदिएको बताएका छन् ।चार वर्षे कार्यकाल सकाएर मंगलबार विदाइ कार्यक्रममा बोल्दै घिसिङले २०७५ वैशाखदेखि औद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरि मुलुकबाट लोडसेडिङलाई इतिहासमा विलय गराउन सफल भएको बताएका हुन् ।उनले सबैको साथ र सहयोगमा नै सम्झदै कहाली लाग्ने त्यो आँध्यारो युगलाई इतिहास बनाउँदै उज्यालो युग सुरुवात गर्न सफल भएको बताए ।उनले भने,'विद्युत् माग र आपूर्तिबीचको सन्तुलित, वैज्ञानिक व्यवस्थापन र इमान्दार प्रयासबाट मुलुकलाई लोडसेडिङमुक्त बनाउन सफल भयौं ।'
लोडसेडिङ अन्त्य गर्नु मात्र अन्तिम अभिष्ट नभएर प्राधिकरणको चौतर्फी सुधार र विभिन्न कारणले जीर्ण बनेका तथा अलपत्र अवस्थामा रहेका उत्पादन, प्रसारण तथा वितरणतर्फका आयोजना सम्पन्न गर्नु तथा नयाँ सुरु गर्नु समेत रहेको बताए । उनले जीर्ण बनेका अधिकांश आयोजनाहरु निरन्तरको प्रयासबाट निर्माण सम्पन्न भएको र केही सम्पन्न हुने चरणमा पुगेको बताए ।