कोरोना संक्रमणबाट कांग्रेस नेता पुनको निधन

Doti
Doti
October 21, 8:24


२०७७ कात्तिक ५ गते
चक्र बलायर,डोटी
कोरोना भाइरसको संक्रमणबाट नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तेजबहादुर पुनको निधन भएको छ ।
नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहेका पुनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि नेता पुनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । अस्पतालका अनुसार उपचारकै क्रममा उनको बुधवार निधन भएको हो । मंगलबार पुनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो।
डोटीको केआई सिंह गाउँपालिका—४ वायल निवासी पुनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुने पुन डोटीका पहिलो व्यक्ति हुन् ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा