डोटीमा जिउँदै आगो लगाउने सन्तोष बीस दिनपछि समातिए

news doti
news doti
June 15, 11:37

प्रकाश बम, असार,१ डोटी । 
प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा २० दिनदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । जिल्लाको आदर्श गाउँपालिका –४ रोडि गाउँ बस्ने ३० वर्षीय सन्तोष भाट पक्राउ परेका हुन् ।
उनले गत जेठ महिनाको १२ गते पसलमा सुतिरहेको अवस्थामा मध्य राती २८ वर्षीय श्रीमती लक्ष्मी भाट र छोरी अन्जु भाटको शरीरमा प्रज्वलनशील पदार्थ छर्केर जिउँदै आगो लगाएर मार्ने प्रयास गरेका थिए । लक्ष्मी भाट गम्भीर घाइते भएकी थिइन् । उनी विरुद्ध तेजेन्द्र बहादुर ठगुन्ना नेपाल सरकार वादी भई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो ।
घटनापछि फरार उनलाई जेष्ठ ३१ गते जिल्ला प्रहरी डोटीबाट खटिएको टोलीले कैलाली जिल्लाको त्रिनगर भन्सार नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दान बहादुर मल्लले हाम्रा कुरालाई जानकारी दिए। उनले भने,’ जिप्रकामा पु¥याउने बित्तिकै जिल्ला अदालतले ६ दिन हिरासतमा राख्ने म्याद थप गरिएको छ। उनको थप अनुसन्धान भइरहेको छ ।’ 
लक्ष्मी भाट र उनकी छोरी अन्जुको काठमाण्डौमा रहेको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्थामा क्रमिक रूपमा सुधार भइरहेको अस्पताल श्रोतले जनाएको छ । उनको उपचार खर्च नेपाल सरकारले बेहोर्ने गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता जनकराज दाहालद्वारा गत जेष्ठ १७ गते हस्ताक्षर विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा