कृयाशिल सदस्यता सच्याउन असार ५ गते सम्म म्याद
धनगढी, ३ असार÷
नेपाली काँग्रेसले कृयाशिल सदस्याताको सुचि सार्बजनिक गरेको छ । जिल्ला, क्षेत्र र नगरमा सबै समितिमा कृयाशिल सदस्यतको सुचि पुगि सेकेको छ । आधिकारिकता प्रप्त सदस्यतामा कुनै त्रुटी वा उजुरी भएमा नेपाली काँग्रेस कैलालीले असार ५ गते साझ ५ भित्रमा दाबी बिरोध गर्न समय सिमा तोकेको सभापति नरनारायण शाहले जानकारी दिएका छन् ।
केन्द्रिय कार्यालयले सार्वजनिक गरेको प्रस्तावित नामावलीमा कुनै त्रुटि, छुट वा उजुरी तथा नयाँ सदस्यता तर्फ कुनै समस्या भएमा असार ४ र नाम समावेश गरिदिनका लागि २०७८ असार ५ गते भित्र निवेदन बुझाउन नेपाली काँग्रेस कैलालीले अनुरोध गरेको छ । दाबी बिरोधका लागि प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिले सम्पुर्ण कागजपत्रहरु क्षेत्रको सिफारिस चाहिने समेत जानकारी दिएको छ । कांग्रेसको कार्यतालिका अनुसार असार २० गते भित्र क्रिायाशिल सदस्यता सभापतिलाई बुझाइसक्नुपर्ने छ ।
त्यसपछि पार्टी सभापतिले असार २४ गते भित्रै सही गरेर निर्वाचन समितिलाई बुझाउनुपर्ने कार्यतालिका बनेको छ । कार्यतालिका अनुसारनै साउन ६ गते वडा समितिको अधिवेशन हुने छ भने साउन ११ गते गाउँ र नगर समितिको अधिवेशन गराउनुपर्ने कार्यतालिका बनेको छ ।त्यस लगतै साउन २० गते संघीय निर्वाचन क्षेत्रको अधिवेशन गराउने कार्यतालिका बनेको छ भने सोहि दिन अर्थात २० गतेनै एक निर्वाचन क्षेत्र भएका जिल्लाहरुको अधिवेशन गराउनुपर्ने बाध्यात्मकारी कार्यतालिका सावर्जनिक गरिएको हो ।
त्यस्तै साउन २४ गते एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लाको अधिवेशन गराउने कार्यतालिका रहेको छ भने भदौँ १ र २ गते प्रदेश समितिको अधिवेशन हुने कार्यतालिका प्रस्तुत गरिएको छ । यी सवै गृहकार्य सकिएपछि भदौँ १६ देखि १९ गते सम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन हुने गरी कांग्रेसले कार्यतालिका सावर्जनिक गरेको हो ।