पालिकाले एकलौटी निर्णय गरेको भन्दै  वडा अध्यक्ष द्वारा कार्यपालिकाको बैठक बहिष्कार

news
news
June 17, 11:02

अछाम,अछाम ३ 
साँफेबगर नगरपालिकाको १२ औ कार्यपालिकाको बैठक ६ जना वडाअध्यक्षहरुले बहिस्कार गरेका छन्। आज बसेको बैठकमा नेपालि कांग्रेस बाट निर्बाचित ६ जना वडा अध्यक्षले बहिस्कार गरेका हुन् । नगर प्रमुख कुल बहादुर कुवरले आफुले मनोनानि तरिकाले योजना छनौट  गरेको र वडाको बजेट घटाएको  भन्दै बहिस्कार गरेको नबर १२का वडा  अध्यक्ष प्रकास रानाले बताए ।
कार्यपालिकाको बैठक बहिष्कार गर्नेमा वडा न १ का वडा अध्यक्ष अम्मर शाह वडा न २ का वडा अध्यक्ष कालु सिंह कुँवर वडा न ३ का वडा अध्यक्ष कृष्ण बहादुर बुढा वडा न ७ का वडा अध्यक्ष मिठ्ठु  सिंह भाट वडा न ११ का वडा अध्यक्ष गणेश खड्का वडा न १२ का प्रकाश राना रहेका छन् ।
नगर प्रमुख कुँवरले आफुले मनोमानी ढंगले पक्षपाती  तरिकाले वडामा रकम घटाए बढाएको र संघिय सरकार बाट हरेक बर्ष नगरपालिकामा बढेर बजेट आएपनि नगर प्रमुखले अघिल्ला बर्षहरु भन्दा यो बर्ष गत बर्ष भन्दा ५० प्रतिशत वडामा बजेट घटाएको कुरा साँफेबगर नगरपालिका वडा न ३ का वडा अध्यक्ष कृष्ण बहादुर बुढाले बताए ।  हाम्रो बुलेटिन संग कुरा गर्दै वडा अध्यक्ष बुढाले अहिले संघिय सरकारले सांसद विकाश कोष खारिज गरेको समयमा नगरपालिकाले मनोनित कार्यपालिका सदस्यहरुलाई जनही ५ लाख दिने आपत्तिजनक निर्णय गरेको जानकारी दिए ।
आफु अल्पमतमा परेकाले हमेसा आफ्नो सम्बोधन कहिलेई सुनुवाई नभएर आफुहरुले तालि मात्र बजाउनुको विकल्प नरहेको डा न ११ का वडा अध्यक्ष गणेश खड्काले बताए । त्यस्तै नेपाली काङ्ग्रेस साफेबगर नगर कार्यसमिति सभापति गोकुल भाटले नगर प्रमुख कुवरले आफुले मनोमानी ढंगले फरक दलको सोच्दै पक्षपाती  तरिकाले वडामा संचालन गर्ने बजेट घटाएर गलत गरेको बताए ।
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा