प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक बैठक, अब के गर्लान ?

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक बैठक, अब के गर्लान ?
प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक बैठक, अब के गर्लान ?
June 22, 6:42

काठमाडौं, ८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रीपरिषदको आकस्मिक बैठक बोलाएका छन् । जेठ २१ गते विस्तार गरिएको मन्त्रीपरिषदमा नियुक्त भएका सबै मन्त्रीहरू निलम्बन गर्न सर्वोच्च अदालतले आदेश दिएपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन् ।
निलम्बित एक मन्त्रीका अनुसार बालुवाटारमा आज साँझ ६ बजे बैठक बोलाइएको छ । उनले भने, ‘प्रधानमन्त्रीको सचिवालयबाट आज साँझ ६ बजेका लागिका बैठक बोलाइएको छ । केही विशेष निर्णय हुने बुझिएको छ ।’
मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री ओली सरकारमा सामेल भएका नयाँ मन्त्रीहरूको पदमुक्त गर्न आदेश दिएको छ । प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रिपरिषद् विस्तारमा २१ जना मन्त्री नियुक्त भएका थिए ।
तीन उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ राज्यमन्त्रीले जेठ २१ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए। त्यस्तै गत जेठ २७ गते गृहमन्त्री खगराज अधिकारीसहित ७ मन्त्रीले शपथ लिएका थिए ।
अब सरकारमा प्रधानमन्त्री ओली, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङमात्रै बहाल रहने छन् ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा