कैलाली कांग्रेस महाधिवेशन: सभापतिमा आधादर्जन बढीको चर्चा

fdfdf
fdfdf
June 28, 1:43

धनगढी असार १४ : सुदूरपश्चिम प्रदेशको राजनीतिमा ‘हेविवेट’ जिल्लाका रुपमा कैलालीलाई हेरिन्छ । प्रतिनिधी सभाका पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलालीको यो संख्या सुदूरपश्चिमका नौवटै जिल्लाहरुमा सबैभन्दा बढी हो । त्यसैले यहाँको राजनीतिले प्रदेशका अन्य जिल्लाको राजनीतिलाई समेत प्रभावित पार्ने गर्दछ ।
आशन्न नेपाली कांग्रेसको महाधिवेशनमा पनि कैलालीलाई रोचकताका साथ हेरिएको छ । हालका सभापति नरनारायण शाह(मनु) दुईपटक सभापति भईसके । कांग्रेसको विधानअनुसार उनी फेरी उठ्न पाउदैनन् ।
त्यसैले अबको कैलाली कांग्रेसको सभापति को हुन्छ त ? सबैले यो विषयलाई रोचकताका साथ हेरेका छन् ।
यस्तोमा सभापतिका आकांक्षीहरुको संख्या पनि धेरै रहेको विश्लेषण हुने गरेको छ । यस्तोमा हालका उपसभापति प्रकाश बम र महासमिति सदस्य एबम् पूर्व उपसभापति नारायणदत्त भट्ट खुलेरै प्रचार–प्रसारमा जुटिसकेको चर्चा छ ।
यस्तै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता डा.रण बहादुर रावलले पनि आकांक्षा देखाईरहेको चर्चा छ । उनी १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित उम्मेदवार समेत हुन् । उनले आकांक्षालाई ‘हेविवेट’ तवरबाट हेरिएको छ ।
यस्तै अघिल्लो पटक पार्टी सभापतिमा पराजित भीम बडुवाल र महासमिति सदस्य कमल शाह पनि सभापतिको प्रतिस्पर्धामा आउनसक्ने आँकलन गरिएको छ । शाह संविधान सभा सदस्य निर्वाचनका उम्मेदवार रहीसकेका व्यक्ती समेत हुन् ।
यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का सभापति खेम चौधरी र प्रतिनिधि सभा क्षेत्र नम्बर ४ का सभापति दिनेशराज जोशीले पनि आकांक्षा राखिरहेका छन् ।

बढी आकांक्षी संस्थापन(देउवा) पक्षका
सभापतिमा आंकाक्षा राख्नेमा संस्थापन पक्षका व्यक्तीहरु रहेका छन् । प्रमुख दाबेदार मानिएका संसदीय दलका नेता रावल, उपसभापति बम र भट्ट तीनैजना पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।
यस्तै अर्का आकांक्षी मानिएका बडुवाल विगतमा पूर्वमहाममन्त्री कृष्णप्रसाद सिटौला नजिक रहेपनि हाल आरजु देउवासंग नजिक रहेको चर्चा सुनिन्छ ।
यस्तै क्षेत्रीय सभापतिद्वय चौधरी र जोशी पनि संस्थापन समुह निकट नै मानिन्छन् । उनीहरुमध्ये जसले सभापति देउवाको आशिर्वाद पाउछन्, उही पार्टी सभापति हुनसक्ने बताईन्छ ।
यस्तै अर्का आकांक्षी मानिएका शाह पूर्वमहामन्त्री प्रकाशमान सिँह नजिक मानिन्छन् । उनलाई संस्थापनईतर समुहबाट उम्मेदवार हुनसक्ने बताईन्छ ।
तय भएको निर्वाचन तालिकाअनुसार कैलालीको जिल्ला अधिवेशन साउन २६ गते हुने कार्यक्रम छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा