सिडिसी द्धारा खाद्यान्न वितरण
डोटी : सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीले पुर्विचौकी गाउँपालिका–२ का ३५ परिवारलाई खाद्यान्न वितरण गरेको छ । बिहिवार वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र सामुदायिक विकास केन्द्रको साझेदारीमा सञ्चालित नेपाल कभर परियोजना दोस्रो चरण अन्तर्गत कोभिड–१९ को महामारीबाट प्रभावितहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको हो ।
वडा भित्र रहेका विपन्न परिवार, एकल महिला, अपांग, जोखिममा परेका बालबालिका तथा महिला र स्थनपान गराउने महिलाहरुलाई खाद्यान्न वितरण गरिएको सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले बताए । प्रत्येक परिवारलाई ३० किलो चामल, ३ किलो दाल, २ लिटर खाने तेल, २ किलो नुन र ४ ओटा हात धुने साबुन गरि तीन हजार ७८ रुपैयाँ बराबरको सहयोग प्रदान गरिएको हो ।
कोरोनाका कारण समस्या परेका व्यक्तिहरुलाई सहयोग गरेको प्रति संस्थालाई वडा सदस्य पदमा कोलिले धन्यवाद ज्ञापन गरेकी छिन् । कोरोनाका कारण समस्यामा परेको बेला संस्थाले गरेको सहयोगले ठूलो राहात भएको स्थानीय भगुदेवी ठकुल्लाले बताईन् । संस्थालाई धन्यवाद दिदैँ भक्कानिदै उनले भनिन् आगामी दिनमा पनि सहयोगको आशा छ ।
यसअघि सोमवार सायल गाउँपालिकाका एक सय जना र बुधबार पुर्वीचौकी गाउँपालिका १ र ३ वडाका ६५ जनालाई खाद्यान्न सामग्री वितरण गरिएको सिडिसीका अध्यक्ष जोशीले बताए ।