ढकारी गाउँपालिकामा तालाबन्दी, अध्यक्ष र अधिकृत बिच नै विवाद

sasas
sasas
July 17, 10:56

अछामको ढकारी गाउँपालिकामा तालाबन्दी गरिएको छ । शुक्रवार स्थानीयले गाउँपालिकामा ताला लगाएका हुन् ।

विकास निर्माणका योजनाको रकम नदिएको, आफूखुसी योजना बनाई विल भुक्तानी गरेको, सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै शुक्रवार गाउँपालिकामा ताला लगाएका हुन् ।

यता गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बिसीले गाउँपालिकामा तालाबन्दी भएको विषयमा आज बैठक बस्ने र यस विषयमा थप बुझ्ने बताउनुभयो । गाउँपालिकामा विकास निर्माणका काम गरेका ठेकेदार सर्वसाधारणलाई लामो समय देखि पारिश्रमिक गाउँपालिकाले दिन नसकेको पनि स्विकार्नु भयो ।

sasa

गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बिच पनि विवाद हुँदा गाउँपालिका द्धन्दमा फसेको स्रोतले बतायो । गाउँपालिका भवनको प्रहरीले सुरक्षा दिइरहेको छ ।

यस्तै गाउँपालिकामा ताला लगाइएको विषयमा समाचार सङ्कलन गर्न गएका पत्रकार माथि पनि दुर्व्यवहार भएको छ ।समाचार सङ्कलन गर्न भन्दै गाउँपालिकामा गएका रेडियो हाम्रो जाल्पामा कार्यरत नीराजन भण्डारीलाई विभिन्न राजनीति दलका जिम्मेवार व्यक्तिले समाचार सङ्कलनमा रोक लगाएका हुन् ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा