छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको सजाय

news
news
July 17, 6:19

आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत बाजुराले जन्मकैदको सजाय सुनाएको छ । जिल्लाको बुढीगंगा नगरपालिकाका एक ६७ वर्षीय पुरुषविरुद्ध आफ्नै छोरीलाई जबरजस्ती करणी र हाडनाता करणी मुद्धा अन्तर्गत जन्मकैद फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।

अदालतले १४ वर्षीया छोरीलाई जबरजस्ती करणी र हाडनाता करणी गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र २१९ (२) बमोजिम जन्मकैद अर्थात २५ वर्ष कैद र ५० हजार नगद जरिवाना तोकेको छ ।

जिल्ला अदालत बाजुरामा २०७७ साउन २२ गते जबरजस्ती करणी र हाडनाता करणी अन्र्तगत मुद्धा दर्ता भएको थियो । बलात्कार गरेपछि बालिकाको पेटमा गर्भ रहेको खुलासा हुँदा घटना बाहिरिएको थियो । कक्षा ६ पढ्दै गरेकी बालिका महिनावारी भएको एक वर्ष पुगेको अवस्थामा भएको बलात्कारबाट उनको पेटमा गर्भ रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा