२२ औँ अन्तर्राष्ट्रिय युवा दिवस डोटीमा पनि मनाईयो

news
news
August 12, 7:47

युवा परिबर्तनको सम्बाहक भएकोले समाज परिवर्तनमा युवाको महत्त्वपूर्ण भूमिका हुने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मन्जु मलासीले बताउनु भएको छ । जिल्ला युवा समिति डोटीको आयोजनामा २२ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जिल्ला स्तरीय युवा सवाल तथा सिकाइ समिक्षा आदान प्रदान कार्यक्रममा बोल्दै मलासीले उक्त कुरा बताउनु भएको हो ।

जिल्ला युवा समिति डोटीले आयोजना कार्यक्रमलाई एक्सनएड नेपाल, सम बिकास केन्द्र, सामुदायिक बिकास मञ्च, सामुदायिक बिकास केन्द्र नेपालले सहयोग गरेका थिए । सूचना प्रबिधिको प्रयोग गरेर युवाको उर्जाको प्रयोग गर्न सकिने जिल्ला समन्वय समिति डोटीका उप संयोजक शशी सोवले बताउनु भएको छ । सूचना र प्रबिधिको युगमा युवाको क्षमता सहि ढंगबाट प्रयोग गरेमा देशको बिकासमा समेत टेवा पुग्ने शोबले बताउनु भएको छ ।

समाजिक बिकृती तथा बिसंगतिका बिरूदमा युवा सक्रिय भएर लाग्नुपर्ने अधिबक्ता लक्ष्मण मलासीले बताउनु भएको छ । बिद्यमान समस्याको रूपमा रहेर बाल बिवाह छाउपढी लगाएतका समस्या समाधानका लागि युवाहरूले सोचमा परिवर्तन नल्याएसम्म सामाजिक परिबर्तन सम्भब नरहेको अधिबक्ता मलासीले बताउनु भएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा