वार्षिक अन्त्रक्रिया तथा स्थानिय तहको अनुगमन मुल्यांकन खाका निर्माण सम्बन्धि गोष्टी सम्पन्न
डोटी,वार्षिक अन्त्रक्रिया तथा स्थानिय तहको अनुगमन मुल्यांकन खाका निर्माण सम्बन्धि २ दिने गोष्टी डोटीको दिपायलमा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा डेन मार्क एड नेपालको प्राविधिक सहयोग, स्वशासन अध्ययन प्रतिष्ठानको आयोजना तथा सम विकास केन्द्र (इडिसी) को समन्वयमा परिवर्तन परियोजनाद्वारा आयोजित २ दिने गोष्टी बिहिवार सम्पन्न भएको हो । डोटीका तीन स्थानिय तहका जनप्रतिनिधि तथा पालिकाका साखाका कर्मचारीहरूलाई स्थानिय तहको अनुगमन मुल्यांकन खाका निर्माण पुर्वाधार विकास, योजनाको अनुगमन, अनुगमन तयारी अनुगमनको विधिको विषयमा छलफल भएको हो ।
जिल्लाका तीन स्थानिय तह शिखर नगरपालिका, केआई सिंह गाउँपालिका र जोरायल गाउपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत, योजना अधिकृत, बिषयगत समिति संयोजक तथा नागरिक समाजका सदस्यहरूको सहभागिता रहेको थियो । उक्त गोष्टी बुधबार र बिहिबार २ दिन सम्म सञ्चालन गरिएको परिवर्तन परियोजना ईडिसी डोटीका सामाजिक विकास अधिकृत टेक बहादुर नेपालिले जानकारी दिए ।
स्थानिय तहको अनुगमन मुल्यांकन खाका निर्माण सम्बन्धि गोष्टीको सहजिकरण स्वशासन अध्ययन प्रतिष्ठान नेपालका निर्देशक विनोद ढकाल र सहजकर्ता कृष्ण न्यौपानेले गर्नु भएको थियो । केआई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहिको अध्यक्षतामा भएको गोष्ठी जिल्ला समन्वय समिती डोटीका उपप्रमुख शशी सोवको प्रमुख आतिथ्यतता रहेको थियो ।