डोटीमा बाँदर धपाउने यन्त्र वितरण

sasas
sasas
August 25, 1:04

डोटी, ९ भदौ । किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि डोटीको पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडामा रहेका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ।

मकै बाली अहिले बाँदरले आएर नोक्सानी गर्न थालेपछि किसानको आग्रहमा साइन नेपाल नामक संस्थाले उक्त बाँदर धपाउने यन्त्र वितरण गरेको हो। राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँबाट खरिद गरी ल्याइएका उक्त यन्त्र गाउँपालिकाका सात वडामा वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए।

उक्त यन्त्र पड्काउँदा ठूलो आवाज आउने र त्यसले ध्वनि प्रदूषण गर्ने भएकाले वडाको जिम्मामा आवश्यकतानुसार मात्र पड्काउने शर्तमा वितरण गरिएको बताइएकोे छ।

बाँदरको आतङ्कबाट छुट्कारा पाउन गाउँपालिकाका सातवटै वडाका अध्यक्षलाई २५ थान यन्त्र हस्तान्तरण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताए।

उक्त यन्त्र पड्काउँदा कम्तीमा पनि २० वटा बन्दुक पड्काए जति आवाज आउने र बाँदर पहिलेको ठाउँबाट भागेर नयाँ ठाउँमा जाने भएकाले किसानको खेतीबारी सुरक्षित हुने साइन नेपालले जनाएको छ। बाँदर धपाउने यन्त्र निकै प्रभावकारी देखिएको वडा नम्बर २ का किसान करनसिंह साउदले बताए।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा