डोटिमा  निर्वाचित महिला जनप्रतिनिधिहरुका लागी महिलाबादी नेतृत्व सम्बन्धि दुई दिने  तालिम सम्पन्न

news
news
August 27, 4:35

टेक चन्द,डोटी
डोटिमा  निर्वाचित महिला जनप्रतिनिधिहरुका लागी महिलाबादी नेतृत्व सम्बन्धि दुई दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । UN- Women  को आर्थिक सहयोगमा तथा जुरी नेपाल र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (एन एन डि एस डब्ल्यु ओ) को आयोजनामा सो तालिम सम्पन्न भएको हो ।

महिला जनप्रतिनिधिहरुले विगतमा यसै संस्था द्वारा प्रदान गरिएको रुपान्तरणकारी महिलाबादी नेतृत्व सम्बन्धि तालिम सो पछि गरिसकेका काम र बिगतको सिकाइलाई कति लागु गरिरहेका छन्, महिलाबादी दृष्टीकोणबाट पैरवी, जनवकालतका बिषयमा उनिहरुलाई तालिम दिइएको हो । बिगतमापनि दिपायल सिलगडी नगर पालिका र शिखर नगर पालिका बडिकेदर गाउपाली  का  ३  स्थानिय तहका  २० जना महिला जनप्रतिनिधीहरुहरुलाई तालिम दिएको संस्थाले सोही जननिर्वाचित जनप्रतिनिधीहरुलाई पुर्नताजगी तालिम दिएको हो ।

भदौ १० र ११ गते दिपायमा  सञ्चालन गरिएको तालिममा निर्वाचित महिला जनप्रतिनिधीहरुबाट बिगतमा भएका सिकाइहरु ब्यवहारिक रुपमा कार्यान्वयन गर्दा भएका उपलब्धी, सिकाई तथा चुनौतिको समिक्षा गरिएको प्रयोजनाका सामाजिक बिकाश अधिकृत शकर बिश्वक्रमा बताउनु भयो । साथै तालिमले महिलाबादी नेतृत्व बिकासका लागी भावी रणनिति समेत तयार गरेको उनले बताए ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका सचिब कृष्ण बि क  अध्यक्षतामा सुभारम्भ भएको तालिममा जि। आई। जि। एक्सपर्ट देविका केसी र एम एण्ड ई एक्स्पर्ट वेद लामिछानेले प्रशिक्षण दिएका थिए ।
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा