डोटीमा छोराछोरीको खोजिकार्य गरिदिन भन्दै जिल्ला प्रशासन गुहार्दै
डोटी,डोटीको सायल गाउँ पालिका वडा नं २ का स्थानीय गंगा देबि सिंहका एक छोरा र एक छोरी सम्पर्क विहिन भएको २१ बर्ष बितिसक्दा पनि कुनै पत्ता नलागेको भन्दै जिल्ला प्रशासन कार्यालय डोटीलाई खोजिकार्यका लागि निबेदन दिएकी छिन ।
३ बर्षका छोरा नरेश सिह र ८ बर्षकि छोरी दुर्गा सिह बेपता भएको २१ वर्ष बित्दा समेत पत्ता नलागेको भन्दै खोजि कार्य गरिदिन पिडित गगादेबी सिहले जिल्ला प्रशासन कार्यालय डोटीमा निबेदन दिएकी हुन ।
२०५७ सालमा भान्जि नाता पर्ने जगत्रा सिहले दुबै बालबालिकालाइ पढाउने भन्दै धनगढी लगेको र पछि बेपत्ता भयको आमा गंगा सिहले बताइन । अहिले भान्जी जगत्रालाइ लाइ सम्पर्क गर्दा उल्टो गालि आउने गरेको र कतै बिदेश तिर होलान भन्ने जवाफ आउने गरेको पिडित सिहले बताइन ।
हराएका दुबैजना आफुसंग नभएको कहि कतै बाट दुबै बिदेश रहेको सुन्नमा आएको भान्जि जगत्राको भनाइमा केही रहस्य लुकेको हुन सक्ने स्थानीय लक्ष्मी जोशी ले बताइन ।
यस बिषयमा जिल्ला प्रशासन कार्यालय डोटी मा बालक हरु हरायको जानकारी दिएपनि यस्तो घटना बारे अनविज्ञ रहेकाले सबैले कतै भेटेमा सम्पर्क गरिदिन सायल गाउँ पालिका डोटीका उपाध्यक्ष बिस्ना सिंहले बताइन ।
श्रिमानको मृत्यु भए पछि छोराछोरीको बाटो कुर्दा कुर्दै बर्षौ बितिसक्यो । उमेरले ७० बर्ष पुगिसकेकि गगादेबि एक पटक छोराछोरी को अनुहार हेरेर मर्ने रहर रहेको दुख ब्यक्त गर्छिन । अहिले सायल २ मा बस्दै आएका सिहको परिवारमा गंगादेबि सिह एक्लै बस्दै आएकी छिन ।बालबालिकालाई खोजी दिन डोटी चेम्बर अफ कर्मशका सचिब तेज बहादुर डुम्रेलले सामाजिक संजालमा फेसबुक लाईभ मार्फत सबैलाई अपिल गरेका छन् ।