परियोजना सल्लाहकार समितिको बैठक डोटीमा सम्पन्न
टेक चन्द भदौ ११, डोटी
जिल्ला परियोजना सल्लाहकार समितिको बैठक शुक्रबार डोटीमा सम्पन्न भएको छ । सामुदायिक विकास केन्द्र डोटी को आयोजनामा वल्ड भिजन ईन्टरनेशनल नेपाल डोटी, समान पहुँच केन्द्र ९सिड० नेपाल डोटी र जिल्ला समन्वय समिति डोटीको साझेदारी उक्त बैठक दिपायल सिलगढी नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो । सामुदायिक विकास केन्द्र डोटी (सिडिसी) डोटीले विभिन्न साझेदार संस्था सँगको सहकार्यमा जिल्लाका सामाजिक क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । जिल्लामा २०४९ सालमा स्थापना भएको उक्त संस्थाले बालबालिकाको गुणस्तरीय शिक्षा र अधिकार, स्वास्थ्य, सरसफाइ, महिला सीप विकास तथा आयआर्जन, लगायतका विपत जोखिम न्युनिकरण, जलबायु परिवर्तन, आधुनिक कृषिमा जनसमुदायलाई आक्रसित गर्ने गतिविधि, विधालयमा भौतिक तथा शैक्षिक सामाग्री सहयोग गर्नुका साथै अन्य सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र ९सिडिसी० डोटीका अध्यक्ष हेमराज जोशीले बताए । सामुदायिक विकास केन्द्र डोटीले जिल्लाका ४ स्थानिय तह दिपायल सिलगढी नगरपालिका, आर्दश गाउँपालिका, पुर्विचौकी गाउँपालिका र सायल गाउँपालिका र पुर्बिचौकी गाउपलिकामा काम गरि रहेको छ