डोटीमा उतकृष्ट शिक्षक, विद्यालय, कर्मचारी र विद्यार्थीहरुलाई सम्मान
डोटी- शिखर नगरपालिकाले उत्कृष्ट शिक्षक, विद्यालय, कर्मचारी, बालविकास सहजकर्ता र विद्यार्थीहरुलाई सम्मान तथा पुरष्कृत गरेको छ ।
शैक्षिक सत्र २०७८ मा उत्कृष्ट विद्यार्थी सिकाइ उपलब्धि गर्ने विद्यालय, , कक्षा ८ मा उतकृष्ट नतिजा ल्याउने विद्यार्थी, उतकृष्ट कार्यसम्पादन गर्ने विद्यालय, प्र.अ., शिक्षक र कर्मचारीहरुलाई सम्मान गरेको हो ।
शिक्षा शाखाले शुक्रबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको हो । नगरको शिक्षा क्षेत्रमा टेवा पु¥याउँदै आएका उत्कृष्ट शिक्षक, कर्मचारी, विद्यार्थी तथा सामुदायिक विद्यालयहरुलाई प्रोत्साहनका लागि सम्मान गरिएको शिक्षा शाखा प्रमुख शेरबहादुर कार्कीले बताए । सम्मान कार्यक्रमसँगै नगरका एक सय ८० विपन्न बालबालिकाहरुलाई झोला र स्टेशनरी सामग्री समेत वितरण गरिएको उनले बताए ।
कार्यक्रममा सहभागीहरुलाई एकीकृत पाठ्यक्रम मूल्यांकन पुस्तिका, शैक्षिक क्यालेन्डर र माध्यमिक विद्यालयहरुलाई १/१ थान भलीबल र नेट बितरण गरिएको थियो ।
नगरपालिकाका शिक्षक र प्र.अ. गरी २० जनालाई सम्मान गरेको हो । उत्कृष्ट कार्यसम्पादन गर्ने २ जना लेखापाल, ५ जना बालविकास सहजकर्ता र ५ जना कार्यालय सहयोगीलाई १० हजार नगद सहित पुरष्कृत गरिएको शाखा प्रमुख कार्कीले बताए । त्यस्तै कक्षा ८ को बार्षिक नतिजामा ४ जिपिए ल्याउने ६ जना विद्यार्थीहरुलाई झोला, प्रमाणपत्र, डिक्सनरी र डायरी सहित पुरष्कृत गरिएको छ ।
उत्कृष्ट सिकाइ उपलब्धि गरे वाफत श्री केदारेश्वर मावि कपल्लेकी लाई २ लाख नगद सहित पुरष्कृत गरिएको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने राधाकृष्ण मावि गोपघाट, महाकाली मावि मुडेगाउँ, शारदा मावि मुडभरा, राधाकृष्ण मावि तिजाली र सिद्धेश्वर मावि बानेडुग्रीसैनलाई ५० हजार नगर सहित पुरष्कृत गरिएको नगरपालिकाले जनाएको छ ।
कोरोना महामारीका कारण थला परेको शिक्षा क्षेत्रलाई उकास्नका लागि नगरले विभिन्न योजनाहरु र कार्यक्रम तय गरेको नगर प्रमुख सीताराम जोशीले बताए । नगरले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्य गरिरहेको उनको भनाई थियो ।
शिक्षा क्षेत्रमा कार्यरत र आवद्ध व्यक्तिहरुबाट गुणस्तरिय शिक्षा, उत्कृष्ट सिकाई उपलब्धि र उतकृष्ट कार्यसम्पादन गराउने नगरप्रमुख जोशीले बताए । सो कार्य मेहनत, लगनसिल र नगरको योजना अनुसार गर्नेलाई प्रोत्साहन, पुरष्कार सम्मान सँगै सेवा सुविधामा पनि प्राथमिकता दिइने उनको भनाई छ ।
सम्मानित र पुरष्कृत हुनेहरुलाई बधाई दिदै नगर उप–प्रमुख धौली देवी रावलले नगरको समग्र विकासमा उत्कृष्ट सेवा प्रवाह गर्ने शिक्षक, स्वास्थ्यकर्मी, संस्था र कर्मचारीलाई निरन्तर सम्मान र पुरस्कृत गरिने बताइन् ।
नगरले गरेको सम्मान र पुरष्कारले शिक्षा क्षेत्रमा कटिबद्ध भएर लाग्ने र अझै उत्कृष्ट कार्य गर्ने प्रेरणा मिलेको सम्मानित शिक्षकहरुले बताए ।