लिटल फ्लावर प्रिमियर लिगको छैटौँ संस्करण घोषणा : प्लेयर अफ म्याच गुरुजी सटिङ्ग एन्ड सुटिङद्वारा प्रायोजन

LPL 6
LPL 6
August 29, 6:55

धनगढी - 

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा सञ्चालन हुँदै आएको विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको छैटौँ संस्करण घोषणा गरिएको छ । आयोजक लिटल फ्लावर स्पोस्टर्स एन्ड इभेन्ट्सले आज धनगढीमा पत्रकारसम्मेलनको आयोजना गर्दै प्रतियोगिताको आगामी संस्करण धनगढीमा माघ अन्तिम साताबाट सञ्चालन हुने घोषण गरेको हो । लिटल फ्लावर स्पोस्टर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले कोरोना महामारीबाट विश्व नै प्रभावित बनेको भए पनि विद्यालय स्तरका खेलाडीको खेल क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आगामी संस्करणलाई निरन्तरता दिइने बताए । 

LPL 6

‘ग्रास रुटको क्रिकेटलाई चलायमान बनाउन अति जरुरी बनेको हुनाले पनि हामीले आउँदो संस्करणलाई निरन्तरता दिनुपर्ने बाध्यतालाई स्वीकार गरेका हौँ ।’ उनले भने, ‘कोरोनाले आर्थिक क्षेत्र नराम्ररी प्रभावित बनेको त छ नै तर पनि हामीले सुरु गरेको अभियानलाई सकेसम्म ओझेलमा पर्न दिनु हुन्न भनेर यसलाई निरन्तरता दिने प्रयास गरिएको हो ।’ 

प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय स्तरीय टिमको सहभागिता रहने शाहीले बताए । लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् । प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपी सिंह धामीले बताए । 

LPL 6

प्रतियोगिताको प्रत्येक खेलका प्लेयर अफ द म्याचको पुरस्कार राशि धनगढीमा रहेको गुरुजी सटिङ्ग एन्ड सुटिङले प्रायोजन गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा लिटल फ्लावर स्पोस्टर्स एन्ड इभेन्ट्सका अध्यक्ष शाही र गुरुजी सटिङ्ग एन्ड सुटिङका सञ्चालन सतिश जोशीले उक्त घोषणामा सम्झौता गरेका छन् । महामारीले व्यवसाय थला परेको भए पनि सामाजिक क्षेत्रमा सकेसम्म योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगितामा प्लेयर अफ द म्याचको पुरस्कार राशि प्रायोजन गरिएको जोशीले बताए । 

प्रतियोगिताको एजुकेसन पार्टनरको रूपमा कैलालीको लम्कीमा रहेको कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल रहेको छ भने केक पार्टनरको रूपमा आँगन केक्स धनगढी रहेको छ । 

LPL 6LPL 6

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा