डोटीमा एक महिलामाथी बलात्कारको प्रयास

news doti
news doti
September 05, 10:53

डोटी 

डोटीको आदर्श गाउँपालिका वडा नम्बर ६ गिरिचौकामा एक महिला माथी बलात्कारको प्रयास गरिएको छ । गिरिचौकामा सायल गाउँपालिकाकी एक महिलालाई बलात्कारको प्रयास गरिएको पिडित महिलाले बताएकी छन् ।
पीडित महिला १८ गते घरबाट गिरिचौकामा आफन्तलाई भेटघाट गर्न गएकी थिईन । जाने क्रममा साझ करिब साढे ७ बजे गिरिचौकाको ढाटवाडा र काडा टोलको बीच जङ्गलमा एक जना अपरिचित पुरुषले आक्रमण गरेको पीडित महिलाको भानाई छ ।
बलात्कारको प्रयास गर्ने ब्यक्तिको हातमा हसिया र बन्चरो रहेको र पहिले त्यसै हतियारले आफुलाई हिर्काएर टाउकोमा, खुट्टामा र शरीर भरी नै गम्भीर चोट लागिसके पछि उक्त पुरुष बलात्कारको प्रयास गरेको महिलाले बताईन् । महिलाले भाग्दै गर्दा पनि उक्त पुरुषले पिछा गरेको भएपनि गाउँ नजिकै पुगेपछी सो पुरुष भागेको महिलाले बताईन ।
घटनाका सन्दर्भमा पीडित पक्षले फोन गरेपछी आफुले जानकारी पाएको वडा अध्यक्ष आदर्श गाउँपालिका वडा नं. ६ का अध्यक्ष लाल बहादुर खडायतले बताए । बलात्कारको प्रयास गर्ने ब्यक्ति को हो ? भन्नेकुरा खुल्न नसकेकोले पीडित पक्षलाई न्याय दिनको लागी आदर्शको ईलाका प्रहरी कार्यालयलाई जानकारी गराईसकेको र प्रहरी पुगेसके पछी घट्नाको अनुसन्धानको प्रक्रिया अगाडी बढ्ने बताए ।
अहिले घटनास्थल तर्फ प्रहरी गईरहेको बताईएको छ । पिडित महिला घाईते समेत भएकी छन् ।

सम्बन्धित वर्गका समाचारहरू

जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा