सुजङ्ग अस्पतालमा थप सेवा विस्तार : जनरल सर्जन विशेषज्ञ डक्टर थपिए

sasas
sasas
September 10, 1:57

डोटी- सुजङ्ग अस्पतालले स्वास्थ्य सेवा थप गरेको छ । सुदूरपश्चिमका पहाडी जिल्लाको एक मात्र ५० शैयाको उक्त सामुदायक अस्पतालले जनरल सर्जन एबिबिएस/एमडी डक्टर थप गरेको हो ।

महिला विशेषज्ञ सेवा सहितको अन्य नियमित स्वास्थ्य सेवा दिदै आएको उक्त अस्पतालमा जनरल सर्जन विशेषज्ञ डाक्टर थप भएसँगै उपचारका लागि तराइका जिल्लाहरुमा जानुपर्ने वाध्यता हट्ने भएको छ ।

जनरल सर्जन सेवा थप भएसँगै हर्निया, हाइड्रोसील, बवासीर, एपेन्डिसाइटिस, पत्थरी र पित्तथैली, शरीरमा गाँठागुठी आएको, मासु पलायको जस्ता रोगको उपचार तथा अप्रेसन हुने अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।

जनरल सर्जन विशेषज्ञ एबिबिएस/एमडी डक्टर चन्द्र भूषण शाहलाई बिहिबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ । अस्पतालका अध्यक्ष भक्त बहादुर बलायर र प्रशासन प्रमुखले डक्टर शाहलाई स्वागत् गरेका हुन् ।

उपचारको अभावमा यहाँका जनताहरुले अकालमै ज्यान गुमाउन नपरोस् भनेर पहाडी जिल्लाहरुका जनताहरुको जनस्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सेवाहरु थप गरिएको अध्यक्ष बलायरले बताए । केही समय भित्रै हाड, जोर्नी, हड्डीको उपचारका लागि डाक्टर थप गरिने उनले बताए ।

सुजङ्ग अस्पताल महिला विशेषज्ञ (गाइनो) सेवा र जनरल सर्जन विशेषज्ञ सेवा नियमित रुपमा उपलब्ध गराउने पहाडी जिल्लाहरुको एक मात्र अस्पताल बनेको छ । यस अघि उपचारका लागि तराइका जिल्लाहरु र भारत जाने विरामीहरुले डोटीमै उक्त सेवाहरु पाउँदै आएका छन् । अस्पातलमा आधनुनिक उपकरण सहितको ल्यावको समेत व्यवस्था रहेको छ ।

अस्पतालले अहिले ओपिडी, गाइनो, चौबिसै घण्डा इमरजेन्सि सेवा, प्रशुती, सल्यक्रिया द्धारा प्रशुती, पाठेघरको शल्यक्रिया, एक्सरे, ल्याव, महिला बिशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालबाट बरिष्ठ प्रसुती तथा स्त्री रोग (निःसन्तान) बिषेशज्ञ एम.बि.बि.एस., एम.डी. डाक्टर पंकज प्रताप देवले बाँझोपन र महिलाको पाठेघर, स्तन सम्बन्धि रोगहरुको उपचार, अप्रेसन गर्दै आएकाछन् । महिलाको पाठेघर खसेको वा खसे जस्तो हुने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, यौनी मार्ग दुख्ने, चिलाउने, सुख्खा हुने, पोल्ने सेतो पानी बग्ने, गन्ध आउने, विविरा आउने, स्तन दुख्ने, स्तनमा गाँठागुँठी भएको मासु पलाएको जस्ता समस्याको उपचार, अप्रेसनका साथै अप्रेसद्वारा सुत्केरी पनि गरिन्छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा