युवा नेता शाहीद्वारा निशुल्क स्वास्थ्य सामाग्री हस्तान्तरण

news doti
news doti
September 10, 2:36

डाेटी- नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाही आज के.आई.सिंह गाउँपालिकालाई ११ लाख मुल्य वरावरका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।
दुर्गामाण्डाै वायल स्थित कार्यालयमा नेता शाहीले गाउँपालिका अध्यक्ष लाेकेन्द्र बहादुर शाहीलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी एवम् नेविसंघका निर्वतमान केन्द्रिय उपाध्यक्ष समेत रहेका शाहीले काेभिड संक्रमणवाट जाेगाउन तथा स्वास्थ्य उपचारमा सहयाेग पुगाेस भन्ने उदेश्यले डाेटी जिल्लाका ९ वटै स्थानिय तहहरूलाई ब्यक्तिगत पहलवाट निशुल्क स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएकाे बताए ।
शाहीले केआईसिंह गाउँपालिकालाई अक्सिजन कन्सट्रेटर मेसिन १ थान, पल्स अक्समिटर २ थान, पि.पि सेट मेसिन ५० थान, सर्जिकल मास्क १ हजार थान, नाईन ९५ मास्क ५ सय थान, ग्लाेब्स १ हजार थान, स्टेचर २ थान, रेपिड टेस्ट किट ७५ थान,सेनिटाईजर २५ लिटर लगायतका सामाग्रीहरू हस्तान्तरण गरेका थिए ।
स्वास्थ्य सामाग्री बुझ्दै केआईसिंह गाउँपालिका अध्यक्ष लाेकेन्द्र बहादुर शाहीले स्वास्थ्य सामाग्री सहयाेग गरेकाे प्रति हार्दिक धन्यवाद ब्यक्त गरे । उनले विपन्न, गरिव तथा पहुँच नभएका जनताहरूकाे स्वास्थ्य उपचारमा सदुपयाेग गर्न महत्वपुर्ण भुमिका खेल्ने बताए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा