बडीकेदार र जोरायल गाउँपालिकामा युवा नेता शाहीद्वारा निशुल्क स्वास्थ्य सामाग्री हस्तान्तरण

news
news
September 15, 9:20

डोटी, नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले डोटीको बडीबेदार र जोरायल गाउँपालिकालाई सात सात लाख मूल्य बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् नेविसंघका निर्वतमान केन्द्रीय उपाध्यक्षसमेत रहेका शाहीले विपन्न, गरिव तथा पहुँच नभएका जनताहरूको अवस्थालाई मध्यनजर गर्दै कोभिड संक्रमणवाट जोगाउन तथा स्वास्थ्य उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले डोटी जिल्लाका ९ वटै स्थानीय तहहरूलाई ब्यक्तिगत पहलवाट निशुल्क स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न थालेको कुरा बताए । नेता शाहीले विज्ञहरूको तेश्रो भेरियन्ट आउन सक्छ भन्ने कुरालाई मध्यनजर गरी गृह जिल्लामा उक्त सामग्री हस्तान्तरण गर्न लागेको कुरा बताए । उनले आवश्यक पर्दा अरु सामग्री सहयोग गर्न समेत पहल गर्ने कुरा व्यक्त गरे ।


दिपायल बजारस्थित सडक किनारमै केही व्यक्तिहरूको सहभागितामा उनले बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा भाट बोहरा र जोरायल गाउँपालिकाका लागि नेपाली काँग्रेसका नेता दीपक विष्टलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । दुबै गाउँपालिकालाई अक्सिजन कन्सट्रेटर मेसिन , पल्स अक्समिटर, पि.पि सेट, सर्जिकल मास्क, नाईन ९५ मास्क, ग्लोब्स, स्टेचर, रेपिड टेस्ट किट, भाइजरलगायतका सामाग्रीहरू हस्तान्तरण गरेका थिए ।


स्वास्थ्य सामाग्री बुझ्दै बडीकेदार गाउँपालिकाका उपाध्यक्ष इन्दिरा भाट बोहरा र नेता विष्टले स्वास्थ्य सामाग्री सहयोग गरेको प्रति हार्दिक धन्यवाद ब्यक्त गरे । विपन्न, गरिव तथा पहुँच नभएका जनताहरूको स्वास्थ्य उपचारमा प्रयोग गर्ने हेतुले हस्तारण गरिएका उक्त सामग्री आज साँझसम्म सम्बन्धित निकायमा पुग्ने कुरा उपाध्यक्ष बोहराले व्यक्त गरिन् ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा