विद्यालयको अनुदान कटौती गरेको भन्दै गाउँपालिकामा तालाबन्दी

sasas
sasas
September 30, 2:28

अछाम: बान्नीगढी जयगढ गाउँपालिकाको शान्नीकोट आधारभुत विद्यालयको अनुदान कटौती गरेको भन्दै पालिकामा तालाबन्दी गरिएको छ। गाउँपालिकाको शिक्षा समितिले अनुदान कटौती गरेको भन्दै विद्याललका शिक्षक,विद्यार्थी र अभिभावकले तालाबन्दी गरेका हुन् । 

विद्यालयले ०७५ सालदेखि पाउँदै आएको शिक्षक सिकाइ अनुदान कोटा कटौती गरेर विद्यार्थीको भविष्य माथी खेलवाड गरेको विद्यालयका प्रअ हर्कबहादुर सुतारले बताए । उनले भने, 'विद्यालयमा ६,७ र ८ सम्मका कक्षाहरू १ जना अनुदान कोटा र निजी शिक्षकमार्फत सञ्चालन भइरहेका छन्।पालिकाकाले यसरी विभेदपूर्ण निर्णय गर्दा तालाबन्दी गर्न बाध्य भयौं।'

गाउँपालिका शिक्षा समितिको असोज ११ गते बसेको बैठकले शान्नीकोट आधारभूत विद्यालयको अनुदान कटौती गरी अलकनन्दा मावि र जनज्योति आधारभूत विद्यालयलाई अनुदान दिने निर्णय गरेको थियो।

अनुदानको आवश्यकता नभएको विद्यालयका अनुदान दिनु नियतबस गरिएको विद्यार्थी अमिसा साउदले बताए। गाउँपालिकाका सबै विद्यालय आफ्ना लागि समान रहेको कसैलाई विभेद नगरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र खड्काले बताए । उनले संघबाट आएका ३ वटा कोटा सबैको सर्वसम्मत तरिकाले समितिको बैठकबाट निर्णय गरेकाले आक्रोशित हुनुपर्ने अवस्था नरहेको बताए । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा