Aagan-cakes-web-banner-2
news

भारतमा अछामकी महिला मृत फेला

new
October 01, 9:35

धनगढी, १५ असोज । भारतमा अछामकी एक महिला मृत फेला परेकी छिन्। मंगलबार अछामको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लाकी चैतीदेवी साउद मृत फेला परेकी हुन्।

दिल्लीको छतरपुरमा बस्दै आएकी उनका श्रीमानलाई अर्जुन साउदलाई हत्या आशंकामा पक्राउ गरिएको छ। राति रक्सी सेवन गरी घाटीमा धारिलो चक्कु प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोप उनीमाथि लागेको छ।

मृतकका श्रीमान साउदको अर्कै महिलासँग रहेको सम्बन्धका कारण पारिवारिक झै(झगडा हुने गरेको सामाजिक अभियानकर्ता तिलक रावलले जानकारी दिए।

महिलाको शव दिल्लीको सत्रजङ्ग अस्पतालमा रहेको उनले बताए। मृतक महिलाका २ छोरा र १ छोरी रहेका छन्।

news
news
news
news

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा मोटरसाइकल दुर्घटना
धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ। प्रहरीका अनुसार अत्तरिया नजिक से६प ६७७३ नम्बरको… विस्तृतमा
बैतडीमा एक पुरुषको शव फेला
धनगढी: बैतडीमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली नदी… विस्तृतमा
भत्ता नपाउँदा राउटेको दसैं खल्लो
कञ्चनपुर — दसैं नजिकिँदै छ । ग्रामीण भेगमा पनि चहलपहल बढिसकेको छ । ५५ वर्षिय दुर्गादेवी राउटेलाई… विस्तृतमा
मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या
सल्यान — मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे… विस्तृतमा