केआईसिंह कांग्रेसका ७ निर्णय : मासिक लेवी, आचार संहिता देखि कार्यालय स्थापना सम्म

news
news
October 03, 1:19

डोटी- नेपाली कांग्रेस केआईसिंह गाउँपालिकाको विस्तारित बैठक सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र वायलमा ७ वटा प्रस्ताव माथि निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।

पार्टीलाई चलायमान, बलियो र निष्ठावान बनाउन आचारसंहिता सहितका ७ वटा प्रस्ताव माथि निर्णय गरिएको सभापति अर्जुन बलायरले बताए । उनका अनुसार बैठकबाट पार्टीको आचारसंहिता निर्माण गरि लागु गर्ने, प्रत्यक महिना लेवी संकलन गर्ने, पार्टीको कार्यालय स्थापना एवम् संचालन गर्ने निर्णय गरिएको छ ।

योसँगै मिन राणाको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । त्यस्तै भातृ संगठन गठन तथा परिचालन समिति, र पार्टी प्रशिक्षण तथा समन्वय समिति समेत गठन गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ ।

पार्टीलाई आर्थिक रुपमा मजबुत बनाउँन र व्यवस्थापन गर्न पार्टीका जिम्मेबार, नेतृत्वकर्ताबाट मासिक रुपमा लेवी संकलन गर्ने निर्णय समेत गरिएको जनाइएको छ । जस अनुरुप गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबाट २०००, कार्यापालिका सदस्यबाट ५००, गाउँपालिकाका सभापतिबाट ५००, उप–सभापतिबाट ३००, सचिव र कोषाध्यक्षबाट २००, सहसचिवबाट १००, सदस्याहरुबाट ५० रुपैंया मासीक लेवी संकलन गर्ने निणय भएको सभापति बलायरले जानकारी दिए ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष, वडा सभापति र वडाका अन्य पदाधिकारीबाट मासिक लेवी कति उठाउने भनेर निर्णय गर्न वडा समितिलाई अनुरोध गरिएको छ ।

बैठकबाट पार्टी, नेतृत्व कर्ता, कार्यकर्तालाई अनुशाासित र मर्यादित बनाउन आचारसंहिता निर्माण गरी तत्काल लागु गर्ने निर्णय गरिएको छ । साथै पार्टीको नाममा रहेको जमिनमा पार्टी कार्यालय स्थापना गर्न पहल गर्ने निर्णय भएको सभापति बलायरले बताए ।

‘पछिल्लो समय जनता र युवाहरुमा राजनीति प्रति जागेको वितृष्णा चिर्न जरुरी छ,‘बलायरले शिखर समाचारसँग भने,‘यसका लागि राजनीति गर्ने व्यक्तिहरुको व्यवहार, स्वभाव र कार्यशैली पनि परिवर्तन गर्न जरुरी छ ।’ तथर्स, हामिले आफुलाई आफ्नै आचारसंहितामा बाँधेर जनसेवामा समर्पित गर्दै र जन उत्तरदायी बन्दै अगाडी बढाउँने अठोठ लिएका हौं,‘उनले थपे,‘लोकतान्त्रिक पद्धति जनताका लागि हो र जनहितमा छ भन्ने हामीले प्रयोगार्थ देखाउनुछ ।’

नेपाल स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष, नेपाल प्रेस युनियनका पार्षद समेत रहेका बलायर १४औं महाधिवेशनबाट निर्वाचित जिल्लाका सबैभन्दा कान्छा (३६ वर्षीय) सभापति हुन् ।

यो सँगै कार्यक्रममा पूर्व कार्य समिति लाई धन्यवाद सहित नव निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको गाउँ एकाई समितिले जनाएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत गत ९ गते सम्पन्न पालिका अधिवेसनबाट निर्वाचित पदाधिकारीहरुलाई शुभकामना सहित पद हस्तान्तरण गरिएको हो ।

नव निर्वाचित गाउँपालिकाका सभापति बलायरको अध्यक्षतामा भएको विस्तारित बैठकमा महाधिवेशन प्रतिनिधि एवम् गाउँपालिका अध्यक्ष लोकेन्द्र शाही प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा पूर्व उप–सभापति दिपक विष्ट, जिल्ला सदस्य रामचन्द्र राणा, तरुण दल अध्यक्ष नारायण बलायर, क्षेत्रीय प्रतिनिधि, वडा सभापतिहरु लगायतका पदाधिकारी र शुभचिन्तकको सहभागिता रहेको गाउँपालिकाका पार्टी सचिव पुरन बमले बताए ।

गाउँपालिकाका पार्टी सचिव बिरु कुँवरले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष जीत रावलले स्वागत मन्तव्य राखेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा