धनगढी अत्तरियामा मेघा सिटी र धनगढी बिमानस्थल स्तरोन्नति गर्ने कार्यक्रम घोषणा
संघीय सरकारले बुधबार संघीय संसदको सयुक्त बैठकमा आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेको छ । संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्ब ९६ करोड, ९१ लाखको बजेट प्रस्तुत गर्नुभएको हो ।
आगामी आर्थिक बर्षको बजेटमा ७० बर्ष माथिका जेष्ठ नागरिकलाई प्रदान गरिँदै आएको बृद्ध भत्तामा १ हजार रुपैया बबृघि गरि तीन हजार पु¥याइएको छ । यस्तै कर्मचारीहरुमा राजपत्रांकितको हकमा १८ प्रतिशत र राजपत्रअनंकितको हकमा २० प्रतिशत बृद्धि गरिएको छ ।
आगामी आर्थिक बर्षको बजेटमा सुदूरपश्चिम प्रदेशको धनगढी अत्तरिया क्षेत्रमा मेघा सिटी निर्माण, कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र, खुटिया दिपायल फाष्ट ट्र्याक जस्ता आयोजनाहरु समेटिएका छन् ।
धनगढी बिमानस्थललाई ठूला बिमान अवतरण गर्न सक्ने बिमानस्थलका रुपमा विकास गरिने, दार्चुलाको गोकुलेश्वर र अछामको कमलबजारको बिमानस्थल निर्माण प्रक्रिया शुरु गरिने योजनासमेत बजेटमा उल्लेख गरिएको छ ।