'नेपाल आइडल ४' को निर्णायकमा शम्भूजित बास्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान

Nepal Idol
Nepal Idol
August 20, 7:03

काठमाडौं : 'नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन्। फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो।

नयाँ सिजनको निर्णायकमा वरिष्ठ संगितकार शम्भूजित बास्कोटा, गायक सुगम पोखरेल र शिवानी मोक्तान अनुबन्धित भएका छन्।

निर्णायकमा अनुबन्धित भएसँगै नेपाल आइडलमा जजको रुपमा देखिने सपना पुरा भएको बास्कोटाले बताए। गायक पोखरेलले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुशी भएको सुनाए।

'नेपाल आइडलमा आउँछु भन्ने थियो, जुर्दो रहेछ। हिजो पनि नेपाल आइडल राम्रोसँग संचालन भएको थियो। हिजोका जजहरुले राम्रो काम गर्नुभएको छ, व्यवस्थापनले पनि राम्रो किसिमको माहोल सिर्जना गरिदिएको छ, नेपाल आइडल परिवारको सदस्य भएर काम गर्न पाएँदा खुशी छु' मोक्तानले बताइन्।

नेपाल आइडल सीजन ४ मा तीन जना निर्णायकसहित मोडेल रेश्मा घिमिरे पनि जोडिएकी छिन्। उनी आसिफ शाहसँगै होस्टका रुपमा देखिँदैछिन्।

यसअघिका तीनै सिजनमा न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायकको रुपमा रहेका थिए। उनीहरु सबैजना नयाँ शो को निर्णायकको रुपमा अनुबन्धित भएका कारण नयाँ निर्णायक टिम चयन गरिएको 'नेपाल आइडल' का निर्देशक सुरेश पौडेलले जानकारी दिए।

 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा