चलचित्र ‘काँडेतार’को च्यारिटी-सो

February 03, 8:15

धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा रक्षाकोे क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका शहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ सो चलचित्रको च्यारिटी सो देखाइएको हो ।

एसटीएस सिनेमा हलमा प्रदेश सभा सदस्य, कैलालीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, सर्वसाधारणले एकसाथ च्यारिटी सो हेरेका छन् । 

चलचित्र काँडेतारले नेपाल–भारत सीमा क्षेत्रमा भइरहेको नेपालीमाथि अत्याचार र नेपाली भूमिमाथि भइरहेको हस्तक्षेप उजागर गर्दै भारतीय विस्तारवादविरुद्ध जुर्मुराउनु पर्ने सन्देश दिएको छ । नेपाली भूमि र सीमा क्षेत्रमा बस्ने नेपालीको सुरक्षाका लागि सिमानामा काँडेतार लगाउनु पर्ने चलचित्र काँडेतारको जोड छ । 

सो चलचित्रमा कैलालीको मोहना नदी पारी रहेको सीमावर्ती नेपाली गाउँ हौसलपुर, शिवरत्नपुर, मोहनपुरको समस्यादेखि लिएर सीमा सुरक्षा गर्नेक्रममा कञ्चनपुरको पुनर्वासका गोविन्द गौतमले ज्यान गुमाउनु परेको घटनालाईसमेत उजागर गरिएको छ । 

सो चलचित्र हेरिसकेपछि दर्शकले राष्ट्रप्रेम झल्काउने चलचित्र काँडेतार असाध्यै राम्रो रहेको र यसलाई सबै नेपालीले हेर्नु पर्ने सुझाव दिएका छन् । यो चलचित्रले नेपाल–भारत सीमा क्षेत्रमा भइरहेको वास्तविक घटनालाई उजागर गरेर आफ्नो भूमि रक्षाका लागि अगाडि बढ्न सबैलाई झकझक्याएको प्रदेश सभा सदस्य सन्तोषकुमारी शर्मा थापाले बताउनुभयो । 

चलचित्र च्यारिटी सोको क्रममा नेपाल–भारत सीमा क्षेत्रमा काँडेतार लगाउने अभियानमा समर्थन जनाउँदै दर्शकले हस्ताक्षरसमेत गरेका छन् । नेपाली भूमि सुरक्षाका लागि काँडेतार लगाउने कुरालाई सम्पूर्ण नेपालीले अभियानकै रुपमा अगाडि बढाउनु पर्ने चलचित्रका निर्माता एवम् नायक नवल खड्काले बताउनुभयो ।

उहाँले आगामी फागुन २५ गतेबाट देशैभर यो चलचित्र प्रदर्शनमा आउने भन्दै चलचित्र हेरिदिन आग्रह गर्नुभएको छ । काँडेतारमा नवल खड्का, गौरव पहाडी, सुराविना कार्की, रेविका गुरुङ, प्रशान्त यादव लगायतका कलाकारको भूमिका रहेको छ । 

सम्बन्धित वर्गका समाचारहरू

सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा
दसैं गीतः ‘लाहुरे म त सोल्टिनी’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । दसैं विशेष गीत ‘लाहुरे म त सोल्टिनी’ युट्युवमा सार्वजनिक भएको छ। गीतमा नेपाली… विस्तृतमा