सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’

January 29, 8:22

धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ धनगढीमा चलचित्र काँडेतारको ‘च्यारिटी सो’ हुने भएको छ । 

माघ २० गते धनगढीको एसटीएस हलमा च्यारिटी सो गर्न लागिएको चलचित्र पत्रकार सङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । ‘च्यारिटी सो’ बाट उठेको रकम हल खर्च तिरेर बाँकी सबै सीमा रक्षार्थ ज्यान गुमाउनु भएका सहिदका परिवारलाई हस्तान्तरण गर्ने चलचित्रका नायक, निर्माता एवम् नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष नबल खड्काले जानकारी दिनुभयो । सीमा जोगाउने क्रममा भारतीय सुरक्षाकर्मी एसएसबीले चलाएको गोली लागेर गौतमको ज्यान गएको थियो । 

चलचित्रले नेपालको माटो र सिमाना जोगाउनुपर्छ भन्ने सन्देश दिएको जनाइएको छ । यसैगरी, नेपालको सीमा कहाँसम्म हो, त्यो यथार्थ हुनुपर्छ भन्ने प्रश्नसमेत चलचित्रले उजागर गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । देश र माटो बचाउनु पर्ने अभिप्रायका साथ बनेको चलचित्रले युवा पुस्ता आफ्नै देशमा बस्नु पर्ने सन्देश पनि दिएको निर्माता खड्काले बताउनुभयो । 

सो चलचित्रको यसअघि मुलुकको पूर्वी क्षेत्रमा ‘च्यारिटी सो’ भइसकेको छ । वीरगन्ज लगायतका ठाउँमा भने भारतविरोधी भन्दै यस चलचित्रको ‘च्यारिटी सो’ गर्न नदिइएको जनाइएको छ । देशभक्तिपूर्ण चलचित्र जनतासम्म पुग्न नदिने प्रयत्न भइरहेको भन्दै खड्काले आगामी फागुन २५ गतेबाट देशैभर प्रदर्शनमा आउने बताउनुभयो । 

चार करोड रुपियाँ लागतमा बनेको चलचित्र काँडेतारमा नबल खड्का, गौरव पहाडी, सुराविना कार्की, रेविका गुरुङ, प्रशान्त यादव लगायतका कलाकारको भूमिका रहेको छ । 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा
दसैं गीतः ‘लाहुरे म त सोल्टिनी’ सार्वजनिक (भिडियो…
काठमाडौं । दसैं विशेष गीत ‘लाहुरे म त सोल्टिनी’ युट्युवमा सार्वजनिक भएको छ। गीतमा नेपाली… विस्तृतमा