डोटीलाई २५ वर्ष पछि भलिबलमा ऐतिहासिक जित : ‘अब डोटी जिल्ला खेलकुदको किल्ला बन्छ’ मलासी

Volley Ball
Volley Ball
October 10, 2:25

महेन्द्र बम

धनगढी - 

धनगढीमा सम्पन्न ‘प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिता २०७८’ मा डोटीले ऐतिहासिक जित दर्ता गरेको छ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा सम्पन्न प्रतियोगितामा डोटीले लगातार ५ खेलमा सानदार जित निकाल्दै उपाधि कब्जा गर्न सफल भएको हो । डोटी २५ वर्ष पछि प्रदेशस्तरीय प्रतियोगिताको उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । डोटीबाट राष्ट्र स्तरसम्मका प्रतियोगितामा खेलाडीको उपस्थिति भए पनि प्रदेश स्तरसम्म खेल्ने जिल्लाको टिमले साढे २ दशक यता कुनै पनि क्षेत्रीय स्तरका प्रतियोगितामा उपाधि प्राप्त गर्न सकेको थिएन । साढे दुई दशक पछि भलिबलमा उत्कृष्ट पुनरागमन डोटीले गरेको छ ।  सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सङ्घीयता पछि पहिलोपटक आयोजना गरिएको प्रदेश स्तरको भलिबलमा लिग चरणको आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै डोटीले शनिवार डडेल्धुरामाथि सानदार जित निकाल्दा ऐतिहासिक सफलता हात पारको हो । 

V

फाइनलमा डडेल्धुरालाई ३–० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधि जितेको हो । पहिलो सेट २५–२२ ले जितेको डोटीले दोस्रो सेट सजिलै २५–१३ ले जित्यो । त्यस्तै तेस्रो सेटमा १७–१७ को बराबरीपछि पनि डडेल्धुरा लयमा नफर्कँदा डोटीले २५–२१ ले जित्दै च्याम्पियन भएको हो ।

उपाधिसँगै डोटीले नगद एक लाख सहित ट्रफी पाएको छ भने डडेल्धुराले नगद ५० हजार सहित ट्रफीमा चित्त बुझाएको छ । यस्तै प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टिम कैलाली र कञ्चनपुरले २५/२५ हजार नगद सहित ट्रफी पाएका छन् । विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइएको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी डोटीका प्रशान्त साहु भए । त्यसै गरी कञ्चनपुरका सन्तोष महता उत्कृष्ट ब्लकर, कैलालीका महेश खत्री उत्कृष्ट लिफ्टर, डडेल्धुराका वीरबहादुर विक उत्कृष्ट स्पाईकर र डोटीका प्रशिक्षक अनिल जोशी उत्कृष्ट प्रशिक्षक भए ।

v

प्रतियोगिताका विजयी खेलाडीहरूलाई एक समारोह बिच पुरस्कार वितरण गरिएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताको समापन समारोहका सभापति परिषद्का सदस्य सचिव दिपकवहादुर सिंह रहेका थिए ।

२५ वर्ष लामो उपाधि खडेरी तोडियो

झन्डै २५ वर्ष लामो उपाधि खडेरी तोड्दै डोटीले ऐतिहासिक जित दर्ता गरेको हो । डोटीले २५ वर्ष यता क्षेत्रीय स्तरको प्रतियोगितामा उपाधि कब्जा गर्न सकेको थिएन । तर अहिले भने उत्कृष्ट पुनरागमनसहित भलिबलमा शानदार विजय हासिल गरेको छ । आफ्ना ५ वटै खेलमा हार बेहोर्नु नपरेको डोटीले उपाधि जितेसँगै खेलाडी तथा प्रशिक्षक र खेलकुद पदाधिकारीले खुसी व्यक्त गरेका छन् ।

v

सुदूरपश्चिमको कप्तानी गर्दै राष्ट्रिय स्तरसम्मको अनुभव बोकिसकेका खेलाडी जनक खड्काको कप्तानीमा डोटीले ऐतिहासिक जित दर्ता गरेको हो । उपाधि जितेसँगै खड्काले खुसीको सीमा नरहेको बताए । ‘यो एक जना खेलाडी भन्दा पनि सम्पूर्ण डोटीवासीका लागि गौरवको कुरा हो,’ उनले भने, ‘विगत २५ वर्षसम्म उपाधिबाट वञ्चित हुनुपरेका हामी सबैका लागि यो ऐतिहासिक जित पनि हो । आफ्नो कप्तानीमा जिल्लालाई एउटा महत्त्वपूर्ण उपाधि जिताउन पाउँदा निकै खुसी लागेको छ । हुन त मैले सुदूरपश्चिम प्रदेशको कप्तानी गर्दै राष्ट्रिय स्तरका प्रतियोगितामा समेत सहभागिता जनाउने अवसर पाइसकेको छु । तर अहिले आफ्नो जिल्लाको प्रतिनिधित्व गर्दै झन्डै साढे दुई दश लामो च्याम्पियनको खडेरी तोड्न सफल भयौँ । जसले हामीलाई निकै खुसी र गौरवान्वित तुल्याएको छ ।’

v

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बनेका डोटीका प्रशान्त साहुले पनि डोटी जिल्लालाई लामो समयपछि उपाधि जिताउन पाउँदा खुसी व्यक्त गरे । प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक डोटीकै अनिल जोशी बनेका थिए । उनले खेलाडीको मेहनत र अनुशासनले अभावकै बिचबाट पनि उपलब्धि हासिल गर्न सफल भएको बताए । 

v

अब डोटी जिल्ला खेलकुदको किल्ला बन्छ’ अध्यक्ष मलासी

नेपालमा भलिबलको झन्डै आठ दशक लामो इतिहास छ । तर उक्त इतिहासलाई हेर्ने हो भने भलिबलको विकास जुन ढङ्गले हुनुपर्ने हो त्यसरी हुन सकेको छैन । भलिबल नेपालका लागि भौगोलिक रूपमा सुहाउँदो र सबै जिल्लाका कुना कन्दरासम्म पुगेको खेल हो । तथापि ग्रामीण भेगहरूमा राज्यको न्यून पहुँचबाट गुज्रनुपर्दा खेलाडीहरूका अघि हौसला भन्दा हतोत्साहितको तराजु भारी छ । त्यसैका बाबजुद पनि खेल प्रतिको मोह र लगाव भने घटेको छैन । डोटीमा पनि खेलकुदको पर्याप्त विकास हुन नसक्दा खेल प्रतिभाहरू उजागर हुन सकेका छैनन् । तर अब भने त्यसलाई चिर्दै जिल्लालाई खेलकुदको किल्ला बनाइने जिल्ला खेलकुद विकास समिती डोटीका अध्यक्ष नरेश मलासीले बताए ।

v

डोटीले भलिबलमा ऐतिहासिक उपाधि जितेपछि उनले भने,’ ‘जिल्लामा नमुनायोग्य एउटा खेलमैदान समेत छैन । अन्य खेलकुद सामग्री तथा जिल्लामा खेलकुदको राम्रो भवन नै छैन । तर त्यसकै बाबजुद पनि खेलाडीहरूले जिल्लको नाम राख्न सफल भएका छन् । जिल्लामा खुसीयाली छाएको छ । एकदमै खुली लागेको छ ।’ उनले यो जित पछि अब सरकारहरूलाई खेल तथा खेलाडीमाथि लगानी गर्नुपर्ने रहेछ भनेर चेतनाको ढोका खुलेको समेत बताए । ‘युवा पीढी तथा खेल प्रेमीहरूमाझबाट गाउँ गाउँमा लुकेका खेलाडीहरूलाई स्थानीय तहको सहयोगमा हामीले बन्द प्रशिक्षण राख्यौँ । हामीसँग धेरै श्रोत साधन पनि थिएन । तर ४/५ दिनको मात्रै निकै छोटो प्रशिक्षणबाट पनि खेलाडीहरूले राम्रो अनुभव र अनुशासन देखाएका छन् । जसबाट अब खेल क्षेत्र र खेलाडीमाथि लगानी गर्नुपर्ने रहेछ भन्ने तीन तहकै सरकारलाई सन्देश गएको छ ।’ उनले अगाडी भने, ‘अहिले जिल्लामा ५/६ जनाले राष्ट्रिय स्तरसम्मको अनुभव सम्हाली सकेका खेलाडीहरू छन् । ४/५ दिनको समय पाइएको थियो । छोटो समयको बन्द प्रशिक्षणबाट भए पनि खेलाडीको मेहनतलाई अब हामीले सम्मान गर्नुपर्ने समय आएको छ । अहिले हामीलाई स्थानीय तहले राम्रो सहयोग गरेका छन् । जिल्लामा खेलकुद विकास समितिको संरचना समेत पूर्ण बन्न सकेको छैन । तर पनि हामीले पहाडी जिल्लामा हुन सक्ने खेलहरूको उत्थानका लागि तीन तहकै सरकारलाई झकझक्याउने काम गरिरहेको छौँ । खेलाडीको हक हितका लागि र भलिबल मात्रै नभएर अन्य सम्पूर्ण खेलहरूको विकासका लागि अब हामीले हर सम्भव प्रयास गर्ने छौँ ।’

v

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकवहादुर सिंहले पनि अब ग्रामीण भेगमा उजागरको पर्खाइमा रहेका खेलाडीको सम्मानका लागि परिषद्ले हर सम्भव प्रयास गर्ने बताए । भौतिक संरचना, खेल तथा खेलाडीको उत्थान र विकासका लागि सबै सरकारहरूसँग समन्वय गरी अघि बढ्ने सिंहको भनाई छ ।  

vvvvvvvvv

                                         

 

                                                                                                                                                                                                         तस्बिर : महेन्द्र बम

 

 

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा