धनगढीको एक घरबाट २० तोला सुनसहित नगद चोरी

news
news
October 18, 12:55

धनगढी,१ कार्तिक, धनगढीको एक घरबाट २० तोला सुनसहित नगद चोरी भएको छ। धनगढी उपमहानगरपालिका–४ भगवती टोलका स्थानीय इन्द्रबहादुर सिंहको घरमा चोरी भएको हो।

दसैँको बेला पुर्ख्यौली घर डोटी गएका बेला घरबाट २ लाख रुपैयाँ नगद र करिब २० तोला सुनका गहना चोरी भएको भन्दै सिंहले प्रहरीमा निवेदन दिएका छन्। ‘२५ गते दसैं मान्नका लागि पहाड गएका थियौं,’ सिंहले दिनेशखबरलाई भने, ‘३० गते घर फर्किदा २० तोला भन्दा बढी सुनका गहना र दुई लाख बढी चोरी भएको छ।’

तेक्वान्दो संघ कैलालीका सचिव रहेका सिंहले घरबाट ३ तोला बराबरका छड्के तिलहरी दुई वटा, ३ तोला बराबरकै दुई वटा मंगलसुत्र, ३ तोला बराबरकै दुई वटा हार, २ तोला बराबरको दुई वटा सिक्री, २ तोला बराबरका दुई वटा मंगलसुत्र, ३ तोला बराबरका ६ वटा औंठी, ५० ग्राम बराबरको औंठी लगायतका गरगहना चोरी भएको बताए।

घरको मूल ढोकामा लगाएको ताला फुटाएर गरगहना र नगद चोरी भएको भन्दै प्रहरीमा निवेदन आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको अनुसन्धान भइरहेको बताएको छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा